स्वास्थ्य मापदण्डका विषयमा समुदाय सचेतना कार्यक्रमसहित ताराखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

लेवा, कोरोना महामारीमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका विषयमा समुदाय सचेतना कार्यक्रमसहित ताराखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । पत्रकार महासङ्घ बागलुङले समुदायस्तरमा पुगेर स्वास्थ्य सचेतनासहित गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

महासङ्घले जिल्लाका दुई स्थानीय तहमा स्वास्थ्य सचेतना र स्वास्थ्य सामग्री प्रदान गर्ने कार्यक्रम बनाएको थियो । मङ्गलबार उक्त गाउँपालिका पुगेर नागरिक तहमा स्वास्थ्यका मापदण्ड अपनाउन र कोरोनाबाट बच्न आग्रह गरिएको अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।

महासङ्घले काठेखोला गाउँपालिकामा पनि कार्यक्रम गर्ने कँडेलले जानकारी दिनुभयो । महासङ्घका पदाधिकारीसहित स्वास्थ्यकर्मीको समूहले सचेतना तथा स्वास्थ्य सामग्री हस्तान्तरणका गतिविधि गर्नेछ । महासङ्घले गलकोट नगरपालिकाका लागि भने केही मास्क र स्यानिटाइजर प्रदान गरेको छ ।

ताराखोला पुगेको पत्रकारको समूहले विभिन्न व्यक्ति तथा संस्थासँग सहकार्य गरेर एक थान अक्सिजन कन्सन्टे«टर, दुई थान डिजिटल थर्मल गन, पाँच थान अक्सिमिटर र तीन हजार थान मास्क हस्तान्तरण गरेको थियो । स्वास्थ्य सामग्री ग्रहण गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले भन्नुभयो, “सचेतना र स्वास्थ्यका मापदण्ड अपनाउँदै सुरक्षित रहन अझै आवश्यक छ, सहयोगले हामीलाई साथ दिनेछ ।”

गाउँपालिकाले अस्थायी कोभिड अस्पताल निर्माण गरेको छ । स्वास्थ्य शाखा र अस्पतालमा प्रयोग गर्नेगरी सामग्री हस्तान्तरण गरिएको उपाध्यक्ष नवीन शिशिर विकले बताउनुभयो । महासङ्घले काठेखोलासमेत सोही परिणामका स्वास्थ्य सामग्री प्रदान गरिने उहाँले जानकारी दिनुभयो । आफ्नै भवनमा पत्रकारका लागि आइसोलेशन कक्ष निर्माण गरेको महासङ्घले विभिन्न सङ्घसंस्थासँगको समन्वयमा स्थानीय तहलाई सहयोगसमेत गर्दै आएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।