पोखरा महानगरपालिकाले बनायो १३७ किमी कालोपत्र सडक

कास्की, स्थानीय तह स्थापनापछि जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्षको अवधिमा पोखरा महानगरपालिकाले १३७ किमी सडक कालोपत्र गरेको छ । सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको महानगरपालिकाले विकटलाई निकट ल्याउने भन्दै ‘कनेक्टिङ रोड’को अवधारणाअनुसार सडक कालोपत्र र ग्राभेलको काम अघि बढाएको हो ।

महानगर प्रमुख मानबहादुर जिसीले हालसम्म १३७ किमी सडक कालोपत्र र २३१ किमी सडक ग्राभेल गरिएको जानकारी दिनुभयो । यसैगरी ८३ किमी साना तथा मझौला सडक ढलान र ३७ किमी सडक मर्मत एवं स्तरोन्नति गरिएको उहाँले बताउनुभयो ।

चार वर्षको अवधिमा वडा तथा महानगरपालिकास्तरका २६८ सडक ढलान योजना, ८२१ सडक कालोपत्र एवं मर्मत योजना, २९१ सडक ग्राभेल तथा स्तरोन्नति र ४१ नयाँ ट्र्याक गरी एक हजार ४२१ सडकका योजना सम्पन्न भएको बताइन्छ ।

महानगरको मुख्य शहरी सडकको स्तरोन्नति गर्ने क्रममा महानगरपालिका, सडक विभाग र प्रदेश सरकारको सहकार्यमा रु ४० करोड लागतमा २२ किमी सडक ‘अस्फाल्ट कङ्क्रिट’ गर्ने काम धमाधम भइरहेको प्रमुख जिसीले जानकारी दिनुभयो । विजयपुर बेगनास सडक खण्डमा १४ किमी सडक अस्फाल्ट हुने गरी निर्माण भइरहेको बताइन्छ ।

प्राविधिक कारणले रोकिएको मेयर नमूना सडक निर्माणअन्तर्गत पोखरा– १७ को बिरौटादेखि तीनकुनेसम्म (आरटिओ) सडक निर्माण भइरहेको छ भने वडा नं १० को राममार्ग सडक निर्माण कार्य गरिएको महानगरले जनाएको छ ।

यसैगरी नदी नियन्त्रणतर्फ यस अवधिमा नदी तथा खोलाक्षेत्रको जमीन कटान, पहिरो नियन्त्रणलगायतका २७ योजना सञ्चालन गरिएको बताइन्छ । सुइखेत खोला नदी कटान, सेती खोला, फिर्के खोला पहिरो नियन्त्रण, काली खोलालगायत नदी नियन्त्रणका योजना सम्पन्न भएको जनाइएको छ ।

महानगरले वडाका भवन निर्र्माणलाई पनि प्राथमिकतामा राखेर कार्य अघि बढाएको छ । हालसम्म वडा नं २, ७, ११, १२, १९, २२, २८, २९, ३० र ३२ मा नयाँ भवन निर्माण कार्य सम्पन्न भएको तथा केही निर्माण कार्य सम्पन्न हुने चरणमा रहेका छन् ।

वडा नं ३, ४, ९, १०, १३, १५, १६, २४ र ३३ को भवन मर्मत गरिएको तथा वडा नं ५, ६, ८, ९, १४, १७ २०, १८, २६, २७ र ३१ मा नयाँ कार्यालय बन्ने गरी प्रक्रिया अगाडि बढाइएकाले यी भवन निर्माण सकिएपछि नागरिकले वडास्तरबाटै सहज रुपमा सेवा प्राप्त गर्ने प्रमुख जिसीले जानकारी दिनुभयो ।

यसैगरी ४३ वर्षदेखि सडक चक्लाबन्दी गर्न नसकिएको पृथ्वी राजमार्गदेखि विजयपुर ब्यारेक सिमानासम्मको सडकलाई फराकिलो बनाई १० मिटर कायम गरिएको महानगरले जनाएको छ । महानगरले रणनीतिक सडकका रुपमा अगाडि बढाएका सडकमा बहुवर्षीय ठेक्का प्रक्रिया सकेर निर्माण चलिरहेका र चालु आवमा विजयपुर कालिका हुँदै बेगनास सडकलाई रु ३२ करोड लागतमा अस्फाल्ट गर्ने कार्य अगाडि बढाइएको बताइन्छ ।

यसैगरी बैदाम, पामे, घाँटीछिना हुँदै दमदमे, सिदाने र मणिपाल, मौजा सडक बहुवर्षीय ठेक्का सम्झौता गरेर काम थालिएको महानगरले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।