ग्राहकको रोजाइमा बन्धन सिमेन्ट !

विराटनगर । नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको बन्धन सिमेन्ट लोकप्रिय बन्दै गएको छ ।

बन्धनको ओपीसी, पीएससी र पीपीसी सिमेन्टमा सर्वसाधारणको विश्वास देखिएको हो । उत्पादनको सुरुवात देखि नै आक्रामक बजार विस्तार गरिरहेको कम्पनीको सिमेन्ट समेत गुणस्तरीय भएकोले लोकप्रिय भइरहेको छ । बन्धन सिमेन्टले लकडाउनको अवधिमा समेत उत्पादन निरन्तर गरिरहेको छ ।

बन्धन सिमेन्ट पूर्वी नेपालको सबैभन्दा ठुलो उद्योग हुनुका साथै राम्रो बजार विस्तार भएको र गुणस्तरीय सिमेन्टका रूपमा रहेको कम्पनीका अध्यक्ष मनिष कुमार मारुले जानकारी दिए । अत्याधुनिक जर्मन टेक्नोलोजीको प्रयोग गरेर उच्च स्तरीय ओपीसी, पीएससी र पीपीसी गरी तीन किसिमको सिमेन्ट उत्पादन गर्दै आएको मारुले जानकारी दिए ।

सिमेन्टको उत्पादनमा आफूहरूले गुणस्तरमा मुख्य जोड दिएकोले ग्राहकहरूको विश्वास जितेको बताए । बढ्दो सिमेन्टको मागलाई मध्यनजर गर्दै गुणस्तरीय सिमेन्ट उत्पादन गरी मागको पूर्ति गर्ने उद्देश्यले उत्पादनमा जोड दिएको कम्पनीका प्रबन्ध निर्देशक हरिवंश राठीले जानकारी दिए ।

राठीले ग्राहकहरूको भावनालाई मध्यनजर गरी स्तरीय र वातावरणमैत्री सिमेन्ट उत्पादन गरेको जानकारी दिए । यता इटहरीका राम दाहालले बन्धन सिमेन्ट निकै भरपर्दो रहेको बताएका छन् । आफ्नो घरमा पनि बन्धन सिमेन्ट नै प्रयोग गरिरहेको बताउँदै उनले सम्पूर्णलाई यसको प्रयोगको सुझाव दिए ।

राम एक पात्र मात्र हुन् उनी जस्ता थुप्रैले आजभोलि बन्धन सिमेन्ट नै रोज्ने गरेका छन्।् । यस्तै, धरानका हरि तिम्सिनाले पनि बन्धन सिमेन्टको प्रयोग आफूलाई मन परेको बताएका छन् । उनले भने, बन्धन सिमेन्टकै प्रयोग गरेर म आफ्नो घर बनाउँदै छु । ओपिसी, पिएससी र पिपिसी तीन किसिमकै सिमेन्ट उत्पादन गर्ने भएकाले सबै प्रकारका सिमेन्ट एकै ठाउँमा पाइन्छ र सहज हुने गरेको छ । तपाईँहरू पनि यहीँ सिमेन्टको प्रयोग गर्नुहोस् भरपर्दो छ । उनले सबैलाई बन्धन सिमेन्टको प्रयोग गर्न सुझाव दिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।