काठमाडौँ डिभिजनको ८० प्रतिशत भौतिक प्रगति हुने अपेक्षा

काठमाडौँ, डिभिजन सडक कार्यालय काठमाडौँले चालु आवमा लक्ष्यभन्दा ८० प्रतिशत मात्रै सडक निर्माण गर्ने अनुमान गरेको छ । अहिलेसम्मको प्रगतिका आधारमा अबका पाँच÷छ दिन काम गर्न पाएमा सो प्रगति हासिल गर्न सकिन डिभिजनले जनाएको छ ।

चालु आवमा कोभिडका कारण काममा बाधा पुगेकाले डिभिजनले लक्ष्यभन्दा कम प्रगति हुने देखिएको छ । विगत दुई महिनामा निर्माण र मर्मत दुवै काममा निषेधाज्ञाका कारण अवरोध पुगेको डिभिजनले जनाएको छ । अहिले मनसुनका कारण कालोपत्र गर्न नसकिरहेको डिभिजन प्रमुख कुवेर नेपालीले बताउनुभयो । वर्षा भइरहँदा सडक निर्माणको अरू काम गरे पनि कालोपत्र गर्न सकिँदैन । उहाँले भन्नुभयो, “अझै पनि मौसममा सुधार आए काम गर्न सकिनेछ ।”

डिभिजनले २१ किमी नियमित मर्मतको लक्ष्य राखेकामा अहिलेसम्म झण्डै १३ किमी सम्पन्न भएको छ । अहिले गर्नुपर्ने ठाउँमा नै मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि खाल्डो खनिएकाले बाधा पुगेको प्रमुख नेपालीले बताउनुभयो । उहाँका अनुसार अझै पनि दुई÷तीन दिन घाम लागेमा नयाँ निर्माण नसकिए पनि मर्मतको काम गर्न सकिनेछ । त्यस्तै चालु आवमा १५ किमी लक्ष्य लिइएकामा अहिलेसम्म १० किमी सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि मर्मतको काम गर्न सकिने देखिन्छ ।”

विगतका वर्षमा काठमाडौँका मुख्य सडक खाल्डा नै खाल्डा हुने गरेकामा गत आवमा मुख्य सडकमा कालोपत्र थप्ने काम (ओभरले) भएको थियो । चालु आवमा गत आवमा गर्न बाँकी ठाउँमा ‘ओभर ले’ को योजना बनाइएको भए पनि गत वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा समन्वय हुन नसक्दा काम हुन सकेको थिएन । वैशाख र जेठमा एकातिर सङ्क्रमितको सङ्ख्या उच्च हुनु र अर्कातिर प्रशासनबाट आवश्यक समन्वयको कमीका कारण निर्माण अघि बढ्न सकेको थिएन ।

डिभिजनले चालु आवमा मुख्य सडकमा पैदलयात्रु मार्ग निर्माणलाई अघि बढाइरहेको छ । हेर्दा सुन्दर पैदलयात्रु मार्ग अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका सबैलाई हिँड्न सजिलो हुने किसिमको छ । डिभिजनले चालु आवमा नयाँ सडकको निर्माण मुख्य शहरी क्षेत्रभन्दा पनि चक्रपथ बाहिरका क्षेत्रमा निर्माण गरिरहेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।