अ,नाथ बालबालिका पढाउन समता विद्यालय

अ,नाथ, अ,सहाय, वि,पन्न बालबालिका पढाउन व्यास नगरपालिकाले व्यास नगर समता विद्यालय स्थापना गर्ने भएको छ ।

नगरभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अ,नाथ, अ,सहाय, वि,पन्न, शहीद, बे,पत्ता, कोरोनाबाट मृ,त्यु भएका घरपरिवारका बालबालिकाको शिक्षाका लागि नगरपालिकाले नगर समता विद्यालय स्थापना गर्न लागेको हो ।

व्यास–७ शेशमटारमा रहेको व्यास नगर क्यामिन कोट प्राथमिक विद्यालयमा आवासीय विद्यालय स्थापना गर्ने नीति लिइएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । “माध्यमिक तहसम्मको शिक्षा लिन कठिन भएका बालबालिकालाई मध्यनजर गर्दै आवासीय विद्यालय स्थापना गर्ने नीति नगरसभाबाट पारित भएको छ”, सिग्देलले भन्नुभयो ।

नगरपालिकाले वडा नं १ मा अवस्थित आदिकवि भानुभक्त क्याम्पसलाई मानक विश्वविद्यालय निर्माण गर्न पूर्वाधार व्यवस्थापनमा सहयोग गर्ने भएको छ । नमूना विद्यालयका रुपमा छनोट भएका निर्मल र सत्यवती माविको पूर्वाधार विकासका लागि सहजीकरण, कक्षा ५ सम्मका सामुदायिक विद्यालयमा पढ्ने प्रारम्भिक बाल विकास केन्द्र समेतका विद्यार्थीलाई सङ्घीय सरकारको सहभागितामा दिवा खाजाको प्रबन्धलाई निरन्तरता दिने नीति पारित गरिएको छ ।

नगरपालिकाभित्रका धार्मिक विद्यालयहरु, मातृभाषामा शिक्षा प्रदान गर्ने विद्यालयहरु तथा सामुदायिक सिकाइ केन्द्र सञ्चालन गर्न सहयोग, यसै शैक्षिक सत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यक्रम र माविका कक्षा ११ र १२ मा वेदव्याससम्बन्धी अतिरिक्त पाठ्यक्रम अध्यापन गराउने व्यवस्था, ‘हाम्रो प्रतिभा हाम्रो गौरव’ भन्ने विश्वासका साथ नगरपालिकाभित्रका विभिन्न विधामा नगर क्षेत्रभित्रका विद्यार्थीबीच प्रतिस्पर्धा गराई नगरस्तरीय उत्कृष्ट प्रतिभा छनोट गरी सम्मान एवं पुरस्कृत गर्ने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।