सौन्दर्यकर्मी सुहाना अर्यालको फुलमुन ब्युटी स्टुडियो एण्ड ट्रेनीङ सेन्टर संचालनमा

काठमाडौ : सौन्दर्यकर्मी सुहाना अर्यालद्वारा संचालनमा ल्याइएको चन्द्रागिरी नगरपालिका सतुङ्गल काठमाडौँ स्थित फुलमुन ब्युटी स्टुडियो एण्ड ट्रेनीङ सेन्टरको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजित द्वारा सम्पन्न भएको छ । उक्त अबसरमा अन्य सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

युवा ब्यबसायी, सौन्दर्यकर्मी सुहाना अर्यालद्वारा सञ्चालित फुलमुन ब्युटी स्टुडियो एण्ड ट्रेनीङ सेन्टर उक्त क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो । बिगत आधा दशक देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको फुलमुन ब्युटी स्टुडियो एण्ड ट्रेनीङ सेन्टरमा अनुभबी सौन्दर्यकर्मी मार्फत ग्राहकहरुलाइ सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी सुहाना अर्यालले बताइन । साथै ब्युटिसियन कोर्स गर्ने इच्छुकहरुको लागि ट्रेनिङ्गको समेत ब्यबस्था गरिएको छ।

आफ्नो ब्यबसायिक सफलताको श्रेय आफ्नी आमा, दिदि भिनाजु र आफ्नी गुरुआमा सोनी काररंजितलाइ दिने उनले उहाँहरुको नै हौसला तथा प्रेरणाले गर्दा आफुले ब्यबसाय सुरु गरेर आत्मानिर्भर बनेको बताइन ।

रोज शिप बिकास तालिम केन्द्रकि अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले पार्लरको रिबन तथा केक काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुसि ब्यक्त गर्दै फुलमुन ब्युटी स्टुडियो एण्ड ट्रेनीङ सेन्टरले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन भने ब्यबसायिक सफलताको शुभकामना समेत ब्यक्त गरिन ।

सुहाना अर्यालको फुलमुन ब्युटी स्टुडियो एण्ड ट्रेनीङ सेन्टर दोश्रो शाखा हो। उनि सौन्दर्य क्षेत्रमा अब्बल हुनको साथै समाजसेवा, नृत्य तथा गायनमा समेत उत्तिकै सक्रिय छिन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।