‘व्यासमा समता विद्यालय’ सञ्चालनमा ल्याइने

तनहुँ, व्यास नगरपालिकाले अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता र कोरोनाबाट मृत्यु भएका परिवारका बालबालिकालाई लक्षित गरी ‘व्यास समता विद्यालय’ सञ्चालनमा ल्याउन लागेको छ ।

नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइमा परेका व्यास–७ शेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा आवासीय विद्यालय स्थापना गरी सञ्चालनमा ल्याउन लागेको हो । नगरपालिकाको ३५ औँ नगरसभाबाट आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र रहेका नाजुक परिवारका बालबालिकामा शिक्षाको पहुँच पु¥याउने उद्देश्यले समता विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

नगरपालिकालाई शैक्षिक केन्द्रका रूपमा विकास गर्नका लागि नगर शिक्षा योजना निर्माण गरी नगरपालिकामा रहेको विद्यालय तथा क्याम्पसस्तरका शिक्षालाई थप गुणस्तरीय र विश्वसनीय बनाइने उहाँले बताउनुभयो ।

व्यास–१३ र १४ का सामुदायिक विद्यालयमा बालग्रामसँग सहकार्य गरी विद्यालय सुधार योजना कार्यान्वयन गरिनेछ । उहाँले भन्नुभयो, “नगरपालिकाभित्र रहेका विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यपुस्तक र माध्यमिक तहका कक्षा ११ र १२ मा वेदव्याससम्बन्धी अतिरिक्त पाठ्यपुस्तक अध्यापन गराउने व्यवस्था मिलाइने छ ।”

‘हाम्रो प्रतिभा हाम्रो गौरव’ भन्ने नाराका साथ नगरपालिकाभित्रका विभिन्न विधामा नगर क्षेत्रभित्रका विद्यार्थीबीच प्रतिस्पर्धा गराई नगरस्तरीय उत्कृष्ट प्रतिभा छनोट गरी पुरस्कृत गरिनेछ। नगरपालिकाभित्रका विद्यालय तथा क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का वर्गका छात्रछात्रालाई अध्ययन गर्नका लागि अनुसन्धान अनुदान एवं छात्रवृत्ति सहयोग पु¥याइने नगरपालिकाले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।