मध्यपहाडी राजमार्ग अ,वरुद्ध

गलकोट, निरन्तरको वर्षात्का कारण मध्यपहाडी(पुष्पलाल) राजमार्गको बागलुङ खण्ड अ,वरुद्ध भएको छ ।

राजमार्गको बागलुङखण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको प,हिराले सडक अवरुद्ध भएको हो ।

दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सडक अवरुद्ध भएको राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिनुभयो ।

निरन्तरको वर्षात्पछि प,हिरो ख,सेर अ,वरुद्ध भएको सडक खुलाउनका लागि आवश्यक उपकरण तीन स्थानमै खटाइएको छ ।

आज अपराह्नसम्म सडक खुलाउने लक्ष्य छ । वर्षात्का कारण अर्को आष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बागलुङ–बलेवा जाने सडकसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

बागलुङ पोखरा सडकअन्तर्गत पर्वतको सहस्रधारामा समेत प,हिरो ख,सेपछि राजमार्गको सडक अवरुद्ध भएको र यात्रु अलपत्र परेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।