बैतडीका ३० बस्ती प,हिराको उच्च जो,खिममा

बैतडी, बैतडीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ र वि,पद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । यी दुवै योजना जिल्ला वि,पद् व्यवस्थापन समितिको बैठकबाट पारित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

दुवै योजनामा वि,पद्का घटना न्यूनीकरणका लागि आवश्यक तयारीका कुरा समेटिएका छन् । प्रत्येक क्षेत्रका योजना समावेश गरिएका र जिल्लामा हुनसक्ने विपद्का घटनाको क्ष,ति न्यूनीकरणका लागि कसले के गर्ने भन्ने विषय योजनामा समेटिएको छ । योजनामा पूर्वतयारी र प्रतिकार्यका कुरा समेटिएका छन् । विपद्बाट हुने क्षति न्यूनीकरणका लागि जिल्लामा यिनै योजनाअनुसार काम हुने सूचना अधिकारी भारतीले बताउनुभयो ।

जिल्ला वि,पद् व्यवस्थापन समितिले पारित गरेको वि,पद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ मा जिल्लाका ३० भन्दा बढी बस्ती पहिराको उच्च जो,खिममा रहेको जनाइएको छ । दोगडाकेदार गाउँपालिका–६ को सित्तड, पञ्ज्युनयाँ, वडा नं ८ को कालागाउँ, वडा नं ३ कुकुडेपानी र श्रीकोटमा पहिराको उच्च जो,खिम छ ।

यस्तै मेलौली नगरपालिकाको वडा नं १ जर्कुधार, नागनी, सिराडसेला, वडा नं ३ को कुचगाड, गगनरोडा, पोखरी, वडा नं ७ को तोल्या, वडा नं ८ को ल्वास, गैरी, मटुवा, खोली, वडा नं ९ को काँकडी, कोल्तडी, असुर र कमेट्ठामा पनि पहिराको जो,खिम रहेको जिल्ला वि,पद् व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै डिलाशैनी गाउँपालिकाको वडा नं ६ को बाङ्गाबगर, सौनागाउँ, वडा नं ३ को रुद्रेश्वरमा पहिराको जोखिम रहेको योजनामा उल्लेख गरिएको छ । सुर्नया गाउँपालिकाको वडा नं ८ ढोल्या, वडा नं ३ भौनेली, पाटन नगरपालिकाको वडा नं ८ सिद्धेश्वर पनि पहिराको उच्च जोखिममा रहेको जनाइएको छ । यसैगरी सिगास गाउँपालिकाको ढुङ्गाड, पञ्चेश्वर गाउँपालिकाको वडा नं २ को गनकट्टे, चनतडा, बसेक, सन्तुला, डिम्बर र वडा नं ६ को रोडीदेवल बस्ती पहिराको उच्च जोखिममा रहेको छ । त्यस्तै पुर्चौंडी नगरपालिका–८ मल्लादेही पनि पहिराको जोखिममा रहेको जनाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले प,हिराको उच्च जो,खिम भएका स्थानको पहिचान गरी क्ष,ति न्यूनीकरणका लागि पूर्वतयारी समेत गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । पहिराको उच्च जोखिम भएका क्षेत्रको पहिचान गरेर पूर्वतयारी गरिएको र प,हिरो, बा,ढीबाट क्ष,ति नहोस् भनेर स्थानीय तहहरूलाई पनि तयारीमा रहन भनिएको छ ।

प,हिराको उच्च जो,खिम रहेका स्थानीय तहहरूलाई आ–आफ्नो क्षेत्रमा पूर्वतयारी अवस्थामा रहन आग्रह गरिएको सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । बैतडीका कतिपय स्थानीय तहले अझै पनि वि,पद् व्यवस्थापन योजना बनाएका छैनन् । स्थानीय तहमा जनप्रतिनिधि आएको चार वर्ष पूरा भइसक्दासमेत योजना बनाउन नसकेका हुन् । नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको वि,पद् व्यवस्थापन योजना नहुँदा विपद्बाट प्रभावित नागरिकले राहत तथा क्षतिपूर्ति पाउन समस्या हुने गरेको छ ।

वि,पद् जो,खिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले प्रत्येक स्थानीय तहमा वि,पद् व्यवस्थापन योजना बनाउनुपर्ने उल्लेख गरेको भए पनि बैतडीका केही स्थानीय तहले अझै योजना बनाएका छैनन् । योजना बनाएका स्थानीय तहले पनि योजना अद्यावधिक नगरेको पाइएको छ । स्थानीय तहमा वि,पद् व्यवस्थापन योजना नहुँदा हरेक वर्ष समस्या हुने गरेकाले यो कामलाई स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले बताउनुभयो ।

यसैबीच वि,पद्को बेला राहत तथा उद्धारका लागि पनि जनशक्ति तयारी अवस्थामा रहेको जनाइएको छ । विपद्का बेला उद्धारका लागि बैतडीमा ५०२ सुरक्षाकर्मी तयारी अवस्थामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ५०२ जना तयारी अवस्थामा रहेका हुन् ।

यस्तै वि,पद्का बेला आवश्यक पर्ने उद्धारका सामग्रीको विवरण पनि सार्वजनिक गरिएको छ । डोजर तथा एक्साभेटर, ट्र्याक्टर, आश्रयस्थल, तारजाली, ट्युब, वाटर ट्याङ्कर, रबरबोटलगायतका ५२ किसिमका सामाग्री तयारी अवस्थामा रहेको पनि वि,पद् व्यस्थापन समितिले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।