महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको ‘वाटरपार्क’ छिट्टै सञ्चालनमा आउने

नेपालगञ्ज,धम्बोझीमा रहेको वाटरपार्कलाई नेपालगञ्ज उपमहानगरपालिकाकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ ।

वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये करिब आठ बिघा क्षेत्रमा तलाउ छ । पार्कको काम सम्पन्न भई उपमहानगरलाई हस्तान्तरण गरिए पनि अन्य काममा केही ढिलाइ हुन गएको छ । कोरोना महामारीपछिको बन्दाबन्दीका कारण निर्माणमा ढिलाइ भएको बताइएको छ । पार्क क्षेत्रको तलाउमा नौकाविहार सञ्चालन तथा माछापालनका लागि ठेक्कासमेत भइसकेको वडा नं १ का अध्यक्ष प्रमोद रिजालले बताउनुभयो ।

पार्कमा आकर्षक र मनमोहक फूलबारी, व्यापारिक प्रयोजनका पसल कोठालगायतका संरचना निर्माण धमाधम भइरहेका छन् । निर्माण कार्य छिटोछरितो गर्नका लागि पाँच ब्लक छुट्याइएको छ । यसैगरी वाटरपार्क क्षेत्रभित्र १६ देखि छ मिटरसम्मको पक्की सडक निर्माण गरिएको छ । यसका साथै यहाँको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया जोड्ने निर्माणाधीन २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिएको छ ।

सो वाटरपार्क निर्माणको योजना १३ वर्षअघि तयार गरिएको थियो । विसं २०६५ मा शुरु गरिएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माणमा ढिलाइ भएको हो ।

जग्गा अधिग्रहणमा कुरा मिलेपछि समग्र निर्माणको कामले अहिले गति लिएको छ । यो योजनाको अनुमानित लागत रु ८४ करोड छ । वाटरपार्कमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने, आर्थिक विकासको आधार बलियो बनाउने र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउनेमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल तथा सर्वसाधारणसमेत एकमत छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।