प्रसारण लाइन पुगे पछि गाउँ बासी खुसी

बझाङ, साँझमा धिपधिप बल्ने सोलार बत्ती । कहिलेकाहीँ बदली हुँदा सोलार नबलेपछि फुफु गर्दै झरो बाल्नुपर्ने बाध्यता । साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ । सुनसान, एकान्त अनकन्टार ।

न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन्, न त गृहिणीले उज्यालोमा घरधन्दा नै गर्न पाउँछन्। यसरी नै कैयौँ पुस्ताले जीवन बिताएको पिमी गाउँ भनेर चिनिने कैलाशका ३५० घुरधुरीमा अहिले केन्द्रीय प्रशारणबाट विद्युतीकरण भएको छ ।

जयपृथ्वी नगरपालिकाको दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीयवासी खुशी भएका छन् । नगरपालिका भएको भए पनि वर्षौंदेखि झरो र सोलार बालेर दैनिकी चलाउँदै आएका वडा नं १ कैलाश गाउँका प्रत्येक घरमा बिजुली बलेपछि उनीहरू खुशी भएका हुन् ।

जयपृथ्वी नगरपालिका–१, कैलाशका रवीन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताउनुभयो । विकले, भन्नुभयो, “गाउँमा बत्ती नभएर मोबाइल चार्ज नहुँदा सम्पर्कविहीन हुनुपथ्र्यो, अब त्यो समस्या हटेको छ । अहिले घरघरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सजिलो भएको छ ।”

बल्लतल्ल सडक पु¥याए पनि यहाँ केन्द्रीय प्रशारण लाइन पुग्न सकेको थिएन । नगरपालिकाका अरु वडाहरु र अन्य क्षेत्रमा बलेको बिजुली हेर्दै रात काट्ने यहाँका बासिन्दा आफ्नै गाउँघरमा बिजुली बल्न थालेपछि आफूलाई भाग्यमानी सम्झन्छन् ।

स्थानीयवासी ६२ वर्षीय केशवबहादुर सिंहले भन्नुभयो, “गाउँमा बिजुली बत्ती आउला र झलमल्ल उज्यालोमा बसौंला भन्ने आशाको त्यान्द्रो बनेको थियो । धेरैले हामीलाई आशा देखाउँथे, बत्ती वर्षौंसम्म आएन, हाम्रै पालामा बिजुली बालौंला भन्ने आशा पनि मर्न लागिसकेको थियो । आज गाउँमा बत्ती पुग्यो, साँच्चै खुशी लागेको छ ।”

प्रसारण लाइन गत वैशाखमै पु¥याएर जेठदेखि बाल्ने योजना भए पनि पोल गाड्न र तार तान्न ढिलाइ भएको वडाध्यक्ष गगनबहादुर सिंहले बताउनुभयो । गाउँमा बिजुली पुगेपछि घरधन्दा गर्नेदेखि विद्यार्थीलाई अनलाइन कक्षा लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न तथा कम्प्युटर चलाउन सजिलो भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।