मध्यविन्दुको रु एक अर्ब बजेट पारित

नवलपुर, मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु एक अर्बभन्दा बढीको बजेट पारित गरेको छ ।

नवौँ नगरसभामा नगरप्रमुख चन्द्रबहादुर रानाले प्रस्तुत गर्नुभएको रु एक अर्ब दुई करोड ३५ लाख चार हजार ९६५ बराबरको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले चालु खर्चतर्फ रु ५९ करोड ३७ लाख २१ हजार तथा पुँजीगततर्फ रु ४२ करोड ९७ लाख ८३ हजार ९६५ बराबरको अनुमानित बजेट पारित गरेको हो ।

नगरसभाबाट पारित गरिएको बजेटमा आन्तरिक राजश्व सङ्कलन रु १८ करोड ४५ लाख, राजश्व बाँडफाँटतर्फ सङ्घबाट रु ११ करोड ४४ लाख ४५ हजार तथा प्रदेशबाट रु एक करोड ६ लाख ७८ हजार गरी जम्मा रु ३० करोड ९६ लाख २८ हजार बराबरको लक्ष्य राखिएको छ ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको रानाले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।