एनआरएनए जापानका अध्यक्षमा पौडेलको उम्मेद्वारी घोषणा

टोकियो, २७ असार । गैरआवासीय नेपाली सङ्घ जापानको आगामी कार्यकालको नेतृत्वका लागि शिवप्रसाद पौड़ेलले आफ्नो उमेदवारी घोषणा गर्नुभएको छ ।

उहाँले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा आफूले उम्मेद्वारी दिने घोषणा गरेका गर्नुभएको हो । आफूले एनआरएनए जापानको नेतृत्व गर्ने अवसर पाए लामो समय देखिको आर्थिक अनियमितताको मुद्दालाई टुङ्गोमा पु¥याउन सहयोग गर्ने र अब बैंक प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यकता अनुसार अडिट गराउने तथा एनआरएनएलाई सबैको भरपर्दो संस्था बनाउन पहल गर्ने बताउनुभयो ।

एनआरएनए जापानको यही जुलाई २५ देखि २७ सम्म महाअधिवेशन गर्ने कार्यक्रम तय भएको छ । अधिवेशन नजिकिँदै गर्दा प्रत्यासीको चुनावी प्रचारप्रसार र उम्मेदवारी घोषणाले तीव्रता पाएको छ । आगामी दुई वर्षे कार्यकालका लागि पौडेल जस्तै आधा दर्जन व्यक्तिले अध्यक्षको प्रत्यासीका रुपमा आफूलाई अगाड़ि सारेका छन् । पौडेलले २५ बुँदे लामो चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।