गाउँपालिकाको सेवा ठप्प; विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या

म्याग्दी, विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अ,प्ठ्यारो भएको छ ।

बर्सातसँगैको पहिरोले विद्युत्को पोल, लाइन र इन्टरनेटको फाइबर चुँडाएपछि प्रशासनिक, आर्थिक लगायतका काम प्रभावित भएको हो । मुदीको डाँडामा रहेको नेपाल टेलिकमको टावरमा चट्याङले क्षति गरेपछि ताररहित प्रविधिको इन्टरनेट बन्द भएको छ ।

असार पहिलो हप्ता गाउँपालिकाको कार्यालयमा केन्द्रिय प्रसारण लाइनको विद्युत् जडान गरिएको थियो । गत सोमबारदेखि गाउँपालिकाको केन्द्र मुनामा विद्युत् र इन्टरनेट सेवा बन्द भएको थियो।

तत्कालै नबन्ने देखिएपछि ताकमस्थित वडा नं ७ को कार्यालयमा गएर काम गर्न थालिएको छ । प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले अरु कुनै विकल्प नभएपछि ताकम आएर आर्थिक तथा प्रशासनिक काम गर्नुपरेको बताउनुभयो । “महत्वपूर्ण सूचना आदानप्रदानदेखि लेखाको सबै काम गर्न इन्टरनेट र विद्युत् आवश्यक पर्छ । तीन दिनसम्म कुरेर बस्यौँ”, उहाँले भन्नुभयो “छिट्टै बिजुली र इन्टरनेट मर्मत नहुने देखिएपछि ताकम आएर काम गरेका छौँ ।”

प्रशासकीय अधिकृत शर्मा, लेखा अधिकृत कृष्ण खराल लगायत आठ जना लेखा, प्रशासन र प्राविधिक शाखाका कर्मचारी शुक्रबार ताकम आउनुभएको थियो । दुई जना काम सकेर मुना फर्कनुभएको छ । छ जनाले वडा कार्यालयको भवनमा बसेर काम गरिरहनुभएको छ ।

आर्थिक वर्षको अन्तमा योजना तथा कार्यक्रमको भुक्तानी गर्नेदेखि धेरै किसिमका प्रशासनिक कामको चाप छ । अत्यावश्यक पूर्वाधारको अभावमा कर्मचारी र सेवाग्राहीहरुलाई यता उता गरिरहँदा समस्या भएको छ । कागजात पु¥याउन र नमिलेको बनाउन समस्या भएको हो ।

ताकममा विद्युत्को वैकल्पिक व्यवस्था भए पनि आइतबारसम्म नियमित इन्टरनेट थिएन । टेकमाइन्ट कम्पनीको नेट र मोबाइलको डाटाबाट फोर जी चल्न थालेपछि केही सहज भए पनि काम गर्न साह्रै समस्या भएको कर्मचारीले बताएका छन् । गाउँपालिकाका अध्यक्ष थमसरा पुनले चट्याङले क्षति पु¥याएको टावर मर्मतका लागि बेनीमा सामान नपाइएपछि पोखराबाट मगाइएको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।