प्रधानमन्त्रीलाई खोप हस्तान्तरणः अमेरिकासँगको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी सरकारले उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप आज नेपालस्थित अमेरिकी राजदूत ¥याण्डी बेरीले हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको खो,प हस्तान्तरण’ कार्यक्रममा प्रधानमन्त्री ओलीलाई राजदूत बेरीले खोप हस्तान्तरण गर्नुभएको हो ।

आज बिहान पौने १० बजे कतार एयरवेजमार्फत खोप नेपाल आइपुगेको हो ।सो अवसरमा प्रधानमन्त्री ओलीले खोपले नेपाली जनतालाई कोरोना भाइरसबाट बचाउन सहयोग मिल्ने बताउनुभयो ।

उहाँले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा पु¥याइएको सहयोग तथा राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई गरेको आग्रहबमोजिम कोभिड–१९ विरुद्धको लडाइँमा नेपाललाई सघाउन ऐक्यबद्धता जनाएकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै खोप उपलब्ध गराइएसँगै अमेरिकासँगको नेपालको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीका अनुसार उपलब्ध गराइएको खो,प प्राथमिकतानुसार ५० देखि ५४ वर्ष उमेर समूहका सर्वसाधारणलाई निःशुल्क दिइने छ । प्रधानमन्त्री ओलीले कोभिड–१९ सङ्क्रमणपछि मुलुक आर्थिक समृद्धिमा लाग्ने बताउनुभयो ।

कार्यक्रममा राजदूत बेरीले खोपबाट नेपाली जनतालाई सङ्क्रमणबाट जोगाउने सकिने बताउनुभयो । उहाँले कोभिड–१९ को लडाइँमा अमेरिकी सरकारले नेपाललाई सहयोग पु¥याउँदै आएको जनाउँदै महामारीविरुद्धको लडाइँमा सबै एक जुट हुनुपर्र्ने बताउनुभयो ।

अमेरिकी सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि भेन्टिलेटर, मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको थियो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको हो । सो खोप एक पटक लगाए पुग्छ ।

यसअघि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खो,प आइसकेको छ । नेपालमा अहिलेसम्म भारतबाट कोभिशिल्ड र चीनबाट भेरोसेल खोप आइसकेको छ । नेपाललाई हालसम्म ६० लाख मात्रा खोप प्राप्त भएको छ । खो,प हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री कृष्णगोपाल श्रेष्ठको सहभागिता थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।