नेपालमा कफी खेती र पाख्रीबास नगरको निर्णय

जीवनप्रसाद राई ।

नेपालमा कफी खेतीको प्रथम शुरुवत गुल्मी जिल्लाको आँपचौर निवासी श्री हिरा गिरीले बर्माबाट ल्याएर १९९५ सालतिर गरेका थिए । हाल २३ जिल्लामा कफी खेती फैलिएको छ । यसको खेतीमा नेपाली कफी उधमीहरु दिन प्रतिदिन बढीरहेको छ । नेपालको कफी खेती बिस्तारमा कृषि बिकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड, कृषि अनुसन्धान परिषद्, कफी ब्यवसायी महासंघ, केन्द्रिय कफी ब्यवसायी संघ लि. बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुका साथै हाल पाख्रीबास नगरपालिका धनकुटाले आफ्नो क्षेत्रमा कफी पकेटक्षेत्र नै घोषणा गरि स्थानीय तहबाटै कफीको नर्सरी उत्पादन तथा यसको प्रबर्धनमा लागेको छ ।

बिश्वमा कफीको माग ९७.७ लाख मे.टन भए पनि उत्पादन भने ९५.७ लाख मे. टन मात्रै हुने गरेको तथ्यांक रहेको छ । जस अनुसार माग अनुसार अझै पनि २ लाख टन उत्पादन पुग्न सकेको छैन । यस अर्थमा बिश्व बजारमा कफीको माग निकै रहेको देखाँउछ ।

 

अझ अर्गानिक रुपमा उत्पादन भएको कफीको माग ज्यादै राम्रो रहेको छ । नेपालबाट बर्षेणी मात्रामा कफीको बिदेश निर्यात पछिल्लो तथ्यांक अनुसार प्रतिबर्ष ६ करोड बराबरको रहेको छ भने आयात प्रतिबर्ष ९ करोड बराबरको रहेको राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले जनाएको छ । जस अनुसार नेपालबाट कफीको निर्यात भन्दा पनि आयात बढी भएको देखाँउछ । आयात बढी हुनुमा नेपालमा ईन्स्टेण्ड कफीको माग बढी भएकोले हो । यो कफी प्रशोधन गर्ने मेशिन हाल सम्म नेपालमा उपलब्ध नभएको कारणले गर्दा यसको आयात बिदेशबाट नै गर्नु परेको हो ।

कफीको खेती :
नेपालमा हालको लुम्बिनी प्रदेशको गुल्मी तथा पाल्पा जस्ता जिल्लाहरुमा कफीको पकेटक्षेत्र मानिएता पनि पछिल्लो समयमा पुर्वी नेपाल प्रदेश नम्बर १ कफीको लागि सबैभन्दा राम्रो क्षेत्रको रुपमा मानिन थालिएको छ । राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले समेत पुर्वी नेपाललाई कफी खेतीको लागि उपयुक्त ठाँउ भनेकोमा हाल कफीको लागि राम्रो ब्यापार ब्यवसाय संचालन गर्दै आएको हिमालयन जाभा कफीले प्रदेश नम्बर १ को धनकुटा, तेह्रथुम, खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, पाँचथर, ताप्लेजुङ, संखुवासभा, ईलाम जस्ता जिल्लाहरु कफी खेतीका लागि राम्रो जिल्लाहरु मानेका छन । यहाँको कफीको लागि चाहिने छहारी, हावापानी, सापेक्षित आद्रता, तापव्रmम र लामो समय सम्म रहने मनसुनी बर्षाद आदिले कफीलाई गुणस्तरीय बन्नमा निकै महत्व प्रदान गरेको छ । कफी खेतीको लागि समुद्र सतह देखि ६ सय मिटरभन्दा माथि र बढीमा १६ सय मिटर सम्मको उचाई ज्यादै नै राम्रो मानिन्छ । नेपालमा एकमात्र जात अरबिका कफीको मात्रै खेती गर्न सकिन्छ ।

धनकुटा जिल्लामा मात्रै कफी खेतीको लागि उपयुक्त क्षेत्रफल १८ हजार हेक्टरमा गर्न सकिने निष्कर्ष राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड निकालेको छ । यो क्षेत्रफल कफी खेतीका लागि आफैमा ज्यादै ठुलो उत्पादन गर्न सकिने क्षेत्र हो । यतिका क्षेत्रफलमा कफीको ग्रीनबिन उत्पादन भनेको १ लाख ८ हजार टन हुनु हो ।

 

त्यो भनेको हालको मुल्य प्रतिकिलो रु ८३ का दरले मात्रै पनि प्रति बर्ष ९ अर्ब रुपियाँ हो । यो हिसाबमा प्रदेश नम्बर १ मा मात्रै ११ जिल्लाबाट बार्षिक रुपमा रु १ खर्ब बढीको कफीको उत्पादन गर्न सकिने अनुमानित तथ्यांक निकाल्न सकिन्छ । यो ग्रीनबीनको मात्रै मुल्य हो यसलाई पिउन योग्य बनाउनका लागि अन्य प्रशोधनको आवश्यकता पर्दछ र त्यसपछिको मुल्य भनेको १० गुणा सम्म बृद्धि हुनेछ । जसको आधारमा भन्न सकिन्छ प्रदेश नम्बर १ बाट मात्रै बार्षिक रुपमा रु १० खर्ब रुपियाँ बराबरको कफीको कारोबार गर्न सकिने संभावना बोकेको छ जुन चानचुने कुरा होईन । यसलाई ब्यवहारमा उतारेर सार्थक परिणाम पनि निकाल्न सकिनेछ । यसलाई भारतीय व्रिmकेटर सचिन तेन्दुलकरले भने जस्तै सपना देखेर मात्रै हुदैन यसलाई पछ्याउन पनि पर्दछ । त्यस्तै प्रदेश नम्बर १ मा कफीको लागि योजना बद्ध तरिकाले खेतीमा तल्लीन हुनुपर्दछ ।

कफीको बजार :
नेपालमा कफीलाई चिया भन्दा मंहगो पेय बस्तुको रुपमा लिईन्छ । जुन नहुनु पर्ने हो किनभने चिया भन्दा कफीको उत्पादन गर्न र बढी उत्पादन गर्न संभावना ज्यादै रहेको छ । मित्रराष्ट्र भारतको दक्षिणी क्षेत्रमा चिया तथा कफी बराबर मुल्यमा नै पिउन पाईन्छ । त्यहाँ कफीको बडेमाको उत्पादनको कारणले यसो भएको हो । नेपालमा पनि कफीको बडेमाको उत्पादन संभव छ र चिया भन्दा कफी सस्तो मुल्यमा उपलब्ध गराई कफीको आन्तरिक बजार बिस्तार गर्न यसबाट धेरै संभावना रहेको छ । नेपालमा चियाको उपलब्धता गाँउबेसी, शहर बजार गल्ली गल्लीमा भएता पनि कफीको त्यो प्रकारको उपलब्धता रहेको छैन । यसैले नेपालमै यसलाई प्रशोधन गरी धेरै भन्दा धेरै आन्तरिक बजार बिस्तार गर्न सकिन्छ । बिश्व बजारमा कफीको माग अझै पनि २ लाख टन अपुग रहेकोले पनि हामीले गुणस्तरीय कफीको उत्पादन गर्न सक्यौ भने यसको बजारको अभाव रहदैन । कफी संसारमा पेट्रोलियम पदार्थ पछि सबैभन्दा बढी बिक्री हुने पेयबस्तु हो ।

नेपालमा कफी प्रशोधन :
नेपालमा राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले नेपाली किसानहरुलाई कफी खेतीका लागि उत्प्रेरित गरेर पनि यसको बजारीकरणमा उदासिन रह्यो । यसै कारणले गर्दा धेरैले काटेर फाले । अझै पनि त्यो अवस्था कायमै रहेको छ । तर पछिल्लो समयमा कफीमा धेरै मानिसहरु यस ब्यवसाय तर्फ आकर्षित भएकाले अब त्यसो नहुने आंकलन गर्न सकिन्छ । मुख्यतः सर्बसुलभ तरिकाले नेपालमा प्रशोधन हुन नसक्नु नै निराशाको कारण हो । नेपालमा कफी लगाउने केही किसानहरुले केही बोट मात्रै लगाउने र त्यस फललाई कसरी प्रशोधन गर्ने र यसलाई कहाँ बेच्ने सम्मको ज्ञानको अभावका कारणले गर्दा निकै समस्या सिर्जना भएको हो । तर आजको दिनमा त्यो समस्या टरेको छ । अब कफीको प्रशोधनका लागि निकै धेरै मेशिनहरु बजारमा पाउन थालिएको छ भने कफीको दानालाई नै किनिदिने ब्यापारीहरु पनि उपलब्ध हुन थालेका छन ।

तैपनि नेपालमै ईन्सटेण्ड कफी प्रशोधनको लागि कुनै पुर्वधार तयार भएको छैन । नेपालमा हाल सबैभन्दा बढी कफीको प्रशोधन गरि ग्रीनबिन बनाएर बिदेश निर्यात गर्ने गरिएको छ । सबै खालका प्रशोधन उधोगको स्थापना गर्नलाई सरकारी तथा नीजिक्षेत्र लागेमा संभव रहेको छ । यसका लागि पाख्रीबास नगरपालिकाले कम्मर कसेर लागेको छ ।

पाख्रीबास नगर सरकारले कफीमा गरेको काम र यसको भविष्य :
पाख्रीबास नगरपालिकाले सर्वप्रथम कफी पकेटक्षेत्र निर्धारण गर्नका लागि तेखिमे कृषि परामर्श सेवा फर्म धनकुटा १ हिले र पाख्रीबास नगर सरकार बीच सम्झौता भएको थियो ।

जस अनुसार तेखिमे कृषि परामर्श सेवा फर्मले पाख्रीबास नगरपालिकाको १० वटै वडाहरुमा कफीको खेती गर्न सकिने मध्ये वडा नम्बर १०,९,८,७,६,१,२,५ वडाहरुमा बढी र ३ र ४ वडाहरुमा भने कमै मात्रामा खेती संभावना रहेको अध्ययनले निश्कर्ष निकालेको थियो । सबै वडाहरुमा गरि पाख्रीबास नगरपालिका भित्र ५ हजार हेक्टरमा कफी खेती गर्न सकिने निश्कर्ष रहेको छ । यसैगरि ति संभावित कफी खेती गर्न सकिने ५ हजार हेक्टरका लागि आवश्यक पर्ने बिरुवा संख्या ८४ लाख वटा रहन्छ । जुन बिरुवा पाख्रीबास नगर सरकारले आफैले उत्पादन गर्नुपर्छ र सहुलियत पुर्ण रुपमा कृषकहरुलाई बितरण गर्नुपर्छ भनेर पाख्रीबास नगर सरकारले पाख्रीबास नगरपालिका वडा नम्बर ८ मुगा राई गाँउमा तत्कालका लागि ५ लाख बिरुवा उत्पादन गर्ने कार्य तिव्रगतिमा अगाडि बढाएको छ ।

पाख्रीबास नगरपालिका भित्र कफी खेतीको उच्च संभावना रहेको छ । सोही बमोजिम नै पाख्रीबास नगरपालिकाले महत्वको लक्ष्यलाई पनि अघि सारेको छ । ५ सालपछिको कुल कफीको उत्पादन २ करोड ४० लाख किलो ग्रीनबीन हुनेछ । जस्को मुल्य बार्षिक रुपमा २ अर्बको हुनेछ । यसैगरि कफीको छहारीको रुपमा प्रयोग हुने छहारीजन्य वनस्पतिको उत्पादन आम्दानी रु १ अर्ब २५ करोडको हुनेछ । यही आधारमा कुरा गर्ने हो भने पाख्रीबास नगरपालिका भित्र प्रतिब्यक्ति आम्दानी प्रतिबर्ष रु १ लाख ३० हजार हुनेछ । यसैगरि पाख्रीबास नगरपालिका भित्र कफीबाट मात्रै रोजगारीको सिर्जना २५ हजार जनालाई हुनेछ । प्रसस्त्रै मात्रामा कफी पर्यटन र होम स्टेहरुको निर्माण गरि त्यसबाट कृषि मनोरन्जन पर्यटनको समेत बिकास गरिनेछ र हुनेछ । जुन मोडल हेर्नका लागि संघिय नेपालका सबै सरोकारवालाहरु पाख्रीबास नगरपालिका आउनेछन भने संसारका अन्य मुलुकका नागरिकहरु पनि पाख्रीबासको कफी मोडल हेर्नलाई उत्सुक हुनेछन ।

(लेखक कृषि अभियन्ता तथा कृषिविद हुनुहुन्छ ।-सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।