नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिदै गर्दा धनकुटामा उमेद्धावारका आकांक्षीहरु पनि बढ्दै
असार ३०,धनकुटा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिदै गर्दा धनकुटामा उमेद्धावारका आकांक्षीहरु पनि बढ्न थालेका छन् । उमेदवारका आकांक्षीहरुले महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्व लिनका लागि कार्यकर्तालाई आफ्नो पक्षमा पार्न कसरत शूरु गरेका छन ।
धनकुटा कांग्रेस सभापति पदमा आधादर्जन भन्दा धेरै उम्मेद्वारका आकांक्षीहरु देखिएका छन् । जसमा वर्तमान सभापति अग्नी प्रसाद पौडेल, उपसभापति नविन किसोर शाक्य, कोषाध्यक्ष दिनेस राई , नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य कमोट कुमार फागो, क्षेत्रीय सभापति इन्दिरा थापा, नेपाल ट्रेड युनियन कांग्रेसका पुर्व केन्द्रीय सदस्य धिरेन्द्र मिश्र र महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ लगायतका नेताहरु जिल्ला सभापतिको पदको दौडमा देखिएका छन् ।
अग्नी प्रसाद पौडेल, नविन किशोर शाक्य र दिनेश राई सभापति शेरबहादुर देउवा निकट मानिएका छन् भने संस्थापन इतर समूहबाट इन्दिरा थापा, धिरेन्द्र मिश्र , घनेन्द्रराज श्रेष्ठ र कमोट कुमार फागोले सभापतिमा दाबी गर्ने बताएका छन । धनकुटा कांग्रेस सभापति पदमा पूर्व सभापति मनोहर नारायण श्रेष्ठको नाम पनि साथिहरुले चर्चामा ल्याएका छन । उहाँ सभापति शेरबहादुर देउवाको निकट मानिनु हुन्छ । यद्यपी मनोहरनारायण श्रेष्ठले भने आफू सभापतिको पदमा आंकाक्षी नभएको तर कार्यकर्ताबाट काग्रेसलाई स्थानीय तह , प्रदेश देखि संघ सम्म बलियो बनाउनका लागि धनकुटा काग्रेसको नेतृत्वमा आउन प्रस्ताव आएमा पछि नपर्ने वताउनुहुन्छ । “आफुले धनकुटा काग्रेसको २ पटक सम्म नेतृत्व लिईसकेको हुदाँ फेरी पनि नेतृत्वमा आउने आफ्नो इच्छा नभएको तर काग्रेसलाई सशक्त बनाउनका लागि सबै साथिहरुले मलाई नेतृत्वमा आउन आग्रह गरेका कारण सबै सँग छलफल गरेर मात्र यस विषयमा अगाडी बढ्छु ।”
त्यस्तै वर्तमान सभापति अग्नि प्रसाद पौडेल पनि पाटी लाई सशक्त बनाउन पुनः आफ्नो नेतृत्व धनकुटा कांग्रेसले चाहेको दावी गर्नुृहुन्छ । वर्तमान उपसभापति नविन किशोर शाक्य अबको नेतृत्व आफूले गर्ने र पार्टीलाई थप मजबुत बनाएर लाने बताउनु हुन्छ । उहाँले पाटीभित्र मौलाएको आन्तरीक द्धन्दलाई अन्त्य गर्दै आगामी निर्वाचनमा बहुमतका साथ आफ्नो पाटीका उमेद्धारलाई जिताउन पनि उमेद्धारी दिने बताउनुभयो । पाटिका लागि आफ्नो जीवनको उर्जाशिल समय खर्चिसकेको बताउदै उहाँले अवको पाटी सभापतिमा उमेद्धारी दिने घोषणा गर्नुभयो । १३ औँ महाधिवेशनमा सभापति पदमा अग्नी प्रसाद पौडेलसंग झिनोमतले मात्र पराजित हुनुभएको कमोट कुमार फागो १४ औँ महाधिवेशनमा पनि सभापतिको उमेद्धारी दिने बताउनु हुन्छ । कांग्रेसलाई सबै धनकुटेली नागरीकको पाटी बनाउने,पाटि भित्रको निषेधको राजनीतिलाई अन्त्य गरि पाटीलाई मजबुत बनाउने र स्थानीय, प्रदेश तथा संघमा कांग्रेसलाई जिताउनका लागि आफनो उमेद्धारी हुने बताउनुभयो । आफू लामो समयदेखि नेपाली काग्रेसमा आबद्ध भई निरन्तर रुपमा पाटीको हितमा काम गरिरहेको हुदाँ पाटी सभापतिको उमेद्धारी दिने जानकारी दिनुभयो ।
त्यस्तै युवा पुस्तामा निकै लोकप्रिय नेताको रुपमा स्थापित भएका नेपाली काग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राईले पनि सभापतिमा उमेद्धारी दिने बताउनु भएको छ । उहाँले युवाको नेतृत्व स्थापीत गर्न , ७० बर्षदेखि पराजय भोगिरहेको धनकुटा काग्रेसलाई विजय गराउन,सबै नागरीकको साझा पाटीको रुपमा धनकुटा काग्रेसलाई स्थापित गर्न धनकुटा काग्रेसमा राजनीतिको लागि मात्र राजनीति गर्ने हैन काग्रेसलाई जिताउनका लागि राजनीति गर्ने नेतृत्व स्थापित गर्न तथा धनकुटामा नै क्रियाशिल भएर धनकुटा काग्रेसको हितका लागि राजनीति गर्ने नेतृत्व स्थापित गर्नका लागि आफुले उमेद्धारी दिने बताउनु हुन्छ । “ धनकुटामा नवस्ने तर वाहिर भने धनकुटाको कांगेसको नेता हुँ भन्ने पनि कोही नेताहरुमा देखिएको छ तर मेरो चाहना भनेको कांग्रेसलाई धनकुटा वस्ने नेताहरुले नै नेतृत्व प्रदान गर्ने मान्यता स्थापित गर्न पनि हो ” ।
त्यस्तै क्षेत्र नं ं २ का क्षेत्रीय सभापति इन्दिरा थापाले कोमामा गएको धनकुटा काग्रेसलाई पुर्नजिवन प्रदान गर्दै शहरदेखि गाउसम्मका सबै नागरीकको साझा नेतृत्व स्थापित गर्न आफूले उमेद्धारी दिने बताउनुभयो । १३ औँ महाधिवेशनमा सचिवमा पराजय भोग्नुभएको नेपाल ट्रेड युनियन कांग्रेसका पुर्व केन्द्रीय सदस्य धिरेन्द्र मिश्रले पनि आगामी महाधिवेशनमा सभापतिको उमेद्धारी दिने बताउनुभएको छ । धनकुटा काग्रेसमा युवाहरुको नेतृत्व स्थापित गर्दैै काग्रेसलाई सबै नागरिकको पाटीको रुपमा स्थापित गर्न र समय सापेक्ष कागे्रसको नेतृत्व स्थापित गर्न पनि आफूले उमेद्धारी दिने बताउनुभयो ।
संघिय निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र र प्रदेशको लागि २ वटा निर्वाचन क्षेत्र भएको धनकुटामा पाँच हजार ६८ क्रियाशील सदस्यहरु छन् । जसमध्ये ११ सय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आएका सदस्यहरु छन् । सभापति पदमा आकांक्षीहरु धेरै देखिएता पनि कांग्रेसका केन्द्रीय सहमहामन्त्री सुनिल बहादुर थापाको समर्थन नै निर्णायक मानिने अनुमान गरिएको छ । कांग्रेसको यही असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको हो ।
संशोधित कार्यतालिका अनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते र एक भन्दा वढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।


