सुरेन्द्र महर्जन’अमर’ को रचना चिरञ्जीवी भण्डारीको स्वरमा गीतको भिडियो सार्वजनिक
काठमाडौ । ‘जब आफ्नाले तुच्छ वचन बोलेपछि कसको के नै लाग्छ र ? जब दैव पनि रिसाएपछि कसको के नै लाग्छ र ‘बोलको मन छुने पीडादायी अत्यन्तै हृदय स्पर्सी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मान्छेको जिन्दगीमा यदाकदा यस्ता घटना भैरहने कथा बस्तुलाई समेटेर गीतले मागे अनुसार सुहाउँदो कथा वस्तु समाबेश गरेर भिडियो तयार गरिएको छ । सार्वजनिक भिडियोमा सुभाष तिमिल्सिना, मन्जिला बुढाथोकी र सुरेन्द्र महर्जनको अभिनय रहेको छ ।
सुभाष तिमिल्सिनाको निर्देशनमा केशव विश्वकर्माबाट छायांकन गरिएको उक्त भिडियोको एरेन्जर आशिष लामाको रहेको र संगीत चिरञ्जीवी भण्डारीको छ र मोहन सुनुवारको इडिटिङ्ग रहेको छ ।


