रेडपाण्डाको छा,लासहित दुई प,क्रा,उ
दाङ, दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु रातो हा,ब्रे (रे,डपाण्डा)को छाला ओसारपसार तथा बिक्रीवितरण गरिरहेका दुई जनालाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गा नगरपालिका–८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट दह ३ घर भई हाल जुनीचाँदी गाउँपालिका–७ बस्ने ४८ वर्षीय डिलबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
उनीहरूलाई घोराही उपमहानगरपालिका–१६ गुरुवामा रातो हा,ब्रेको छाला बि,क्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले प,क्राउ गरेको हो ।
उनीहरूको साथबाट पुच्छरदेखि टाउँकासम्म दुई फिट १० इन्च लम्बाइ भएको नङ्ग्रासहितको रेडपाण्डा जस्तो देखिने सुकेको छाला एक थान, काइनेटिक टल्कने ढुङ्गा सानो ठूलो गरी ३२ वटा र मोबाइल एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।


