गुणस्तरीय काम नभएको भन्दै ध्यानाकर्षण

जाजरकोट, राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत जाजरकोट खण्डमा काम शुरु भएलगत्तै स्थानीयवासीले अवरोध गरेका छन् ।

जिल्लामा गर्न लागिएको कालोपत्र गुणस्तर राम्रो नभएको भन्दै स्थानीयवासीले प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकसहित लोकमार्गका कर्मचारीलाई समेत ध्यानाकर्षण गराएका छन् ।

अहिले पहिलो खण्डको कुदुदेखि कार्कीगाउँसम्म ३५ किलोमिटर सडक कालोपत्र गर्न शुरु गरिएको छ । स्थानीय युवा दिनेश गौतमले ठेकेदारलाई राम्रोसँग काम गर्न आग्रह गर्दा उल्टै धम्क्याउँदै हिँडेको आरोप लगाउनुभयो ।

जगतीपुर पुग्नुभएका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा, प्रहरी नायब उपरीक्षक मधुकुमार थापा र मध्यपहाडी लोकमार्गका प्राविधिक रवीन कार्कीको स्थानीयवासीले ध्यानाकर्षण गराएका हुन् । पटकपटक आग्रह गर्दा पनि माग सुनुवाइ नभएपछि प्रमुख जिल्ला अधिकारीसँग गुनासो गरेको स्थानीयवासी केशव शर्माले बताउनुभयो ।

प्रजिअ देवकोटाले गुणस्तर कम भएको ठाउँमा तत्काल फेरि काम गर्न निर्देशन दिनुभएको छ । काम भइरहेको सडकको स्थलगत अनुगमन गर्दा लोकमार्गको कुदुदेखि जगतीपुरसम्म सडकको गुणस्तर कम रहेको पाइएको थियो । प्रजिअको निर्देशनपछि निर्माण कम्पनीले बाँकी काम गर्न सहमती जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।