रु दुई करोड जरिवाना तोकिएका प्रतिवादी प,क्राउ

चितवन,जिल्ला प्रहरी कार्यालयले बैंकिङ कसुरमा रु दुई करोड ५६ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प,क्रा,उ गरेको छ ।

पक्राउपर्नेमा झापा दमक नगरपालिका–१६ घर भइ काठमाडाँै चन्द्रागिरि नगरपालिका–१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेल रहेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई उच्च अदालत पाटनले २०७७ साल चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र रु दुई करोड ५६ लाख जरिवाना तोकेको थियो ।

चितवनमा बसेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा उनलाई बिहीबार रत्ननगर नगरपालिका–११ जिरौनाबाट प,क्रा,उ गरिएको प्रनाउथापाले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।