प्रधानमन्त्री केपी शर्मा ओलीले स्तरोन्नतिसहित कालोपत्रका लागि शिलान्यास गर्नुभएको सडक निर्माणको काम तीव्र

डोटी, जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान–दिपायल सडकको काम अहिले तीव्ररुपमा सञ्चालन भइरहेको छ । कोरोना महामारीका कारण सरकारले गरेको निषेधाज्ञामा केही खुकुलो बनाएसँगै उक्त सडक स्तरोन्नतिसहित कालोपत्रका लागि तीव्ररुपमा तयारी भइरहेको छ ।

अहिले उक्त सडकका विभिन्न खण्डमा कामदारले दैनिकरुपमा नाली निर्माणदेखि सडक चौडा पार्ने तथा कालोपत्रका लागि गिट्टी फिँजाउने कार्यलाई तीव्रता दिइएको छ । पिआरएल–कुमार जेभीसँग रु दुई अर्ब २५ करोडमा ५० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भएको उक्त सडकमा धामधम काम सञ्चालन भएकाले चाँडै नै सम्पन्न हुने भएपछि यहाँका नागरिक खुशी भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ को फागुनमा स्तरोन्नतिसहित कालोपत्रका लागि शिलान्यास गर्नुभएको उक्त सडक निर्माण कार्यमा रुख काट्नुपर्ने भएपछि वन मन्त्रालयले रुख काट्न अनुमति नदिएका कारण काममा अवरोध भएको थियो । उक्त सडकमा गग फागुनमा तत्कालीन सङ्घीय वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले उक्त सडकमा पर्ने रुख काट्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नुभएको थियो ।

मन्त्रिपरिषद्को बैठकले सहजपुर–बोगटान–दिपायल सडकमा पर्ने रुख कटानका लागि अनुमति दिने निर्णय गरेसँगै कामले पुनः तीव्रता पाएको हो । कोरोना महामारीका कारण समय–समयमा काममा केही अवरोध भए पनि अहिले सहज भएपछि कामले तीव्रता पाएको चुरे गाउँपालिका–१ का बासिन्दा इन्द्रबहादुर छेडालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना महामारीले काममा केही समस्या गरेको थियो, अहिले परिस्थिति केही सहज बनेपछि पुनःकामले तीव्रता पाएको छ, अब चाँडै काम सम्पन्न हुन्छ होला ।” कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म निर्माण तथा कालोपत्र भइरहेको उक्त सडक खण्डमा अहिले नाली निर्माण गर्ने, सडकमा गिट्टी फिँजाउने तथा सडक चौडा बनाउने काम भइरहेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका बासिन्दा चक्रबहादुर भाटले बताउनुभयो ।

तत्कालीन मन्त्री आलेको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले उक्त सडक निर्माणमा अवरोध भएका तीन हजार ३५७ रुख काट्ने अनुमति दिएपछि अहिले सडक क्षेत्रभित्रका रुख पनि काटिन थालेका छन् । कैलाली र डोटीका विभिन्न क्षेत्र जोड्ने उक्त सडक समयमै निर्माण सम्पन्न भए यहाँका नागरिकले आफूले उत्पादन गरेका साग तरकारीदेखि अन्य फलफूल बजारसम्म पु¥याउन निकै सहज हुँने सहजपुरका बासिनदा सुरतबहादुर शाहले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले सहजजुर बोगटान सडकको इआइएसमेत स्वीकृत गरेपछि काममा झन सहज भएको सडक निर्माण कम्पनी पिआरएल–कुमार जेभीले जनाएको छ । कूल १४० किलोमिटर लम्बाई रहेको सो सडकमा तत्काललाई ५० किलोमिटर कालोपत्र गर्ने गरी काम अगाडि बढाइएको छ । अहिले वनको कुनै अवरोध नरहेको स्थानमा नाली निर्माणलगायत अन्य सडक निर्माणको कामलाई तीव्रता दिइएको आयोजना कार्यालयले जनाएको छ ।

उक्त सडक खण्डअन्तर्गत कैलालीको सडक खण्डमा पर्ने कम्तीमा पनि ४३८ र डोटीको सडक खण्डमा पर्ने तीन हजार ३५७ भन्दा बढी रुख कटानका लागि वन विभागसँग सम्झौतासमेत भइसकेकाले कामले तीव्रता पाएको सहजपुर–बोगटान–दिपायल सडक योजना कार्यालयका योजना प्रमुख ईश्वर बस्नेतले बताउनुभयो ।

वनको अवरोधसँगै जग्गाको मुआब्जामा देखिएको समस्या पनि समाधान भइरहेका कारण अब उक्त सडकको निर्माण कार्य रोकिने समस्या समाधान भएको बताइएको छ । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा उक्त निर्माण हुन लागेको हो । (तस्वीर उपलब्ध छ)

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।