रोज शिप बिकाश तालिम केन्द्र द्वारा सौन्दर्यकर्मी रचना शाक्य सम्मानित

काठमाडौँ । साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरको २० औं बार्षिकोत्सब भब्यताको साथ मनाएको छ। राजधानीमा एक कार्यक्रम आयोजना गरि बरिष्ट सौन्दर्यबिदहरु, सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा कस्टमेटिक ब्यबसायीहरु बीच खुसि तथा शुभकामना साटासाट गरिएको थियो।

उक्त अवसरमा साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरकि संचालिका सौन्दर्यकर्मी रचना शाक्यले बिगत २ दशक देखि सौन्दर्य क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै रोज शिप बिकाश तालिम केन्द्रकि अध्यक्ष बरिष्ट सौन्दर्यबिद सोनी कारंजितले दोसल्ला ओडाएर सम्मान-पत्रको साथमा सम्मान समेत गरेको थीइन।

रोज शिप बिकाश तालिम केन्द्रकि अध्यक्ष बरिष्ट सौन्दर्यबिद सोनी कारंजित, रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरकि अध्यक्ष बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ, बरिष्ट सौन्दर्यविद रुश्का श्रेष्ठ बैध, बरिष्ट सौन्दर्यबिद लक्ष्मी महत, सौन्दर्यकर्मी रिना अवाले, सौन्दर्यकर्मी रेणु शाक्य राना, सौन्दर्यकर्मी कमला लामिछाने, संचारकर्मी तथा कलाकार सुर्य चन्द, कस्टमेटिक ब्यबसायी मुकुन्द फुयाल र रमेश उप्रेती लगायतका व्यक्तित्वहरुको उपस्थितिमा केक काटेर शुभकामना आदान प्रदान गरिएको थियो।

अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको सुन्दरताको पारखीहरुको रोजाईमा परेको साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् ।

सौन्दर्य प्रति सचेत ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरकी अध्यक्ष रचना शाक्यले जानकारी दिइन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।