दुई स्थानीय तहको कोभिड कोषमा रु ५० लाख सहयोग

दमौली, ४ साउन ,सूर्य नेपाल प्रालिले तनहुँको दुई स्थानीय तहको कोभिड कोषमा रु ५० लाख सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको कोभिड प्रकोप व्यवस्थापन कोषमा सूर्य नेपालले ५० लाख सहयोग गरेको हो ।

सूर्य नेपालले शुक्लागण्डकीलाई रु ३० लाख र म्याग्दे गाउँपालिकालाई रु २० लाख सहयोग गरेको जनाएको छ । सूर्य नेपाल प्रालि तनहुँका कारखाना व्यवस्थापक बाबुराम कार्कीले सम्बन्धित पालिकाका प्रमुख र अध्यक्षलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा कार्कीले कम्पनीले यस क्षेत्रमा गरेका विभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने प्रतिबद्धता जनाउनुभयो । कम्पनीका मानव संशाधन प्रमुख अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल सदैव तयार रहेको बताउनुभयो ।

शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले सूर्य नेपाल प्रालिले यस क्षेत्रको सामाजिक आर्थिक विकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

सूर्य नेपालले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिकाको कोभिड प्रकोप व्यवस्थापन कोषमा रु १० लाख तथा सातवटै प्रदेशमा रु एक÷एक करोड प्रदान गरेको थियो । सूर्य नेपालले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई एक÷एक थान एम्बुलेन्स प्रदान गरेको थियो । त्यस्तै कोभिड–१९ को रोकथाम तथा उपचारका लागि यस क्षेत्रका विभिन्न अस्पताल तथा स्थानीयवासीलाई स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ ।

हराएको चार दिनपछि शव फेला

हराएको चार दिनपछि एक युवाको शव मादी नदीमा फेला परेको छ । गत असार २९ गतेदेखि हराएका भानु नगरपालिका–१३ का २४ वर्षीय गोपाल गुरुङ नदीमा मृत अवस्थामा फेला परेका हुन् ।

निजको शव व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा भेटिएको थियो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव आइतबार सनाखत गरेर परिवारलाई बुझाइएको जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।