फेरिए विपन्नका छाना ,३४१ घर खरको छानाबाट मुक्त

बागलुङ, ६ साउन ,गलकोट नगरपालिकाका ३४१ घर खरको छानाबाट मुक्त भएका छन् । आर्थिक वर्ष २०७६÷७७ मा १९० र गत आवमा १५१ घरमा रहेका खरका छाना हटाएर जस्तापाताले छाइएको हो । नगरपालिकाका अनुसार अब ६७ घरका छाना फेर्न बाँकी छ ।

जस्तापाता खरिदका लागि नगरपालिकाले अनुदान दिँदै आएको र चालु आवभित्र नगरका सबै खरका छाना विस्थापित गर्ने योजना रहेको प्रशासकीय अधिकृत तुलबहादुर विकले जानकारी दिनुभयो ।

सङ्घ सरकारको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमको बजेट पनि खरका छानामुक्त अभियानमा खर्च भइरहेको छ । उक्त कार्यक्रमका लागि छनोटमा परेका परिवारले रु ५० हजार अनुदान पाउने गरेका छन् । यस वर्ष पनि सोही शिर्षकका लागि बजेट माग गरेर पठाइएको नगरप्रमुख भरत शर्मा गरैले बताउनुभयो ।

“ विपन्न परिवारलाई सुरक्षित छानामुनि ल्याउन नगरपालिका आफैँले लगानी गरेको र घरको लागत अनुमान हेरेर जस्तापातका लागि अनुदान जान्छ”, नगरप्रमुख गैरेले भन्नुभयो, “आउँदो एक वर्षभित्रमा नगर खरका छानामुक्त बन्छ ।” नगरपालिकाले दुई वर्षअघि खरका छाना विस्थापन गर्ने अभियान थालेको थियो ।

खरको छानोमुनि कष्टकर जीवन गुजारिरहेका परिवारलाई सुरक्षित आवास दिलाउन नगर सहारा बनेको हो । ढुङ्गा या जस्तापाता हालेका र खरले छाएका तर दुई घर भएका परिवारले भने अनुदान नपाउने नगरपालिकाले जनाएको छ । आर्थिकरूपमा सक्षम परिवारले भने आफँै पनि खर हटाएर जस्तापाताले घर छाउन थालेका छन् ।

जस्तापाता खरिद र ढुवानीमा नगरपालिकाले सघाए पनि छानो छाउने काम भने अनुदान पाउने परिवार आफैँले गर्दै आएका छन् । आर्थिक विपन्नताका कारण खरको छानोमुनि आश्रय लिइरहेका परिवारहरु वर्षौँदेखि विभिन्न समस्या झेल्न बाध्य थिए । वर्षायाममा पानी चुहिने, पटक–पकट खरले छाइरहनुपर्ने झन्झटबाट अब उनीहरुलाई मुक्ति मिलेको छ ।

नगरपालिकाको सहयोगमा छानो फेर्न पाउँदा स्थानीयवासी पनि खुशी छन् । गलकोटसँगै यहाँका १० वटै स्थानीय तहमा खरका छाना विस्थापन गर्ने अभियानले यो वर्ष पनि निरन्तरता पाएको छ । रङ्गीचङ्गी जस्तापाता पाएपछि गाउँ बस्तीमा रहेका विपन्न परिवारका घरले विस्तारै मुहार फेर्दैछन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।