गो,ली लागेर युवकको मृ,त्यु
चितवन, ७ साउन ,भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृ,तावस्थामा फेला परेका छन् ।
उनको टाउकोमा गो,ली लागेको र नजिकै खोकासमेत भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृ,तावस्थामा फेला परेका हुन् ।
उनको टाउकामा गो,ली लागेको जस्तो घा,उ देखिएको छ । नजिकै गोलीको एउटा खोका पनि भेटिएको उहाँले जानकारी दिनुभयो ।
बिहान अबेर मात्र घ,टनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उहाँले मृ,त पुरुषको सनाखत भई नसकेको बताउनुभयो ।
सो क्षेत्रमा प्रहरीले श,व निकालेर घटनाको अध्ययन थालेको बताइएको छ ।


