एक वडाको पानी निकास गर्दा अर्को वडामा डुबान

कैलाली, ७ साउन ,धनगढी उपमहानगरपालिका–३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न भएका छन् ।

केही दिनको लगातारको वर्षाका कारण वडा नं ३ का विभिन्न क्षेत्र डुबानमा परेपछि उक्त पानी वडा नं २ बाट निकास गरेपछि वडा नं २ का शिखर टोल, मालिका टोललगायतका क्षेत्र डुबानमा परेका हुन् । मङ्गलबारदेखि वडा नं ३ को डुबान क्षेत्रको पानी वडा नं २ मा निकास गर्दा कतिपय वडावासीका घरभित्र पानी पसी खाद्यान्न, लत्ताकपडालगायतका सामग्री खराब भएको वडा नं २ का स्थानीयवासी राम भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “केही स्थानीयवासीले त घर तथा भान्सामा पानी पसी खानासमेत पकाउन पाएका छैनन् ।”

शिखर टोल र मालिका टोलका स्थानीयवासीका घरका भुइँतला पूरै डुबानमा परेका छन् । डुबान भएपछि आवतजावतमा समेत समस्या भएको स्थानीयवासी कमला मल्लले बताउनुभयो । गाई बस्तुभाउ समेतलाई कता लैजाने भन्ने समस्या भएको उहाँले बताउनुभयो । यता प्रत्येक वर्ष बर्सातमा डुबानमा पर्ने गरेको वडा नं ३ मा पानी निकासको समस्या हुने भएका कारण उक्त पानी मोहनापुुल–अत्तरिया छ लेन सडकमा निर्माण गरिएको कल्भर्ट भई वडा नं २ बाट निकास दिनुपर्ने बाध्यता पनि छ ।

वडा नं ३ बाट वडा नं २ मा निकास गरिएको पानीलाई पनि निकासा दिनुपर्ने वडा नं २ वासीको भनाइ छ । दुवै वडामा डुबान नहुने गरी समस्या समाधान हुनुपर्ने माग गर्दै आएको वडा नं २ का स्थानीयवासीले बताएका छन् ।

लगातारको वर्षापछि वडा नं ३ का विभिन्न क्षेत्र जलमग्न भई नेपाल विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र, हाटबजारलगायत क्षेत्र डुबानमा परी समस्या हुन थालेपछि प्रहरीले मङ्गलबार मोहनापुुल–अत्तरिया छ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोली निकास गर्न खोज्दा वडा नं २ का स्थानीयवासी र प्रहरीबीच झडपसमेत भएको थियो ।

झडप हुँदा सशस्त्र प्रहरीका छ र नेपाल प्रहरीका सात गरी १३ प्रहरी घाइते भएका थिए । त्यस्तै केही स्थानीयवासी पनि घाइते भएका थिए । लामो समय उक्त क्षेत्र तनावग्रस्त भई प्रहरी र स्थानीयवासीबीच मुठभेड हुन थालेपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले ५७ राउण्ड अश्रुग्यास हवाई फायर गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।