जीर्ण पुलका कारण आवतजावतमा समस्या

कञ्चनपुर, ७ साउन ,दोधरा चाँदनी नगरपालिकाका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म आवतजावत गर्न महाकाली नदीमाथि बनाइएको झोलुङ्गे पुल जीर्ण भएकोे छ। पुलका विभिन्न ठाउँका स्टिल डेक र स्टिल डेकमुनिका सपोर्ट एङ्गल टुटेका छन् । ठाउँठाउँमा पुल ठड्याउन राखिएका नटबोल्ट पनि खसेका कारण कुनै बेला पनि दुर्घटना हुनसक्ने देखिन्छ ।

मोटरसाइकल र साइकलमा पुलको क्षमताभन्दा बढी सामान बोक्ने गरेका कारण पुल जीर्ण भएको हो । पुलका स्टिल डेक ठाउँठाउँमा टुट्दा पनि यस्ता सवारी साधनको आवागमन भने जारी छ । पुल जीर्ण बनेकाले नगरपालिकाले दुर्घटना हुन नदिन स्थनीयवासीलाई सावधानीपूर्वक आवतजावत गर्न आग्रह गरेको छ ।

“मोटरसाइकलमा चालकसहित दुई जना मात्र आवतजावत गर्न सुरक्षामा खटिएका प्रहरीले भनेका छौँ”, नगरप्रमुख वीरबहादुर सुनारले भन्नुभयो, “मोटरसाइकलमा सामान ढुवानी गर्दा अधिकतम ५० किलोसम्म सामान पुल भएर बोक्न दिइने व्यवस्था गरिएको छ । दूध बोक्ने मोटरसाइलमा भने भारको अधिकतम भार नदेखिने हुँदा त्यसलाई नियन्त्रण गर्न सार्वजनिक सूचना जारी गरिएको र पुल मर्मतका लागि पहल पनि भइरहेको छ” ।

दुई वर्षअघि सुदूरपश्चिम सरकारले रु ६० लाखको लागतमा ठेक्कामार्फत पुल मर्मत गरिएकोे थियो । डडेल्धुराको खाम्पाचे÷देवभूमि कन्स्ट्रक्शन तथा क्वालिटी सप्लायर्स अमरगढी–५ जेभीले पुल मर्मत गरेको एक वर्ष नपुग्दै पुनः जीर्ण भएपछि दोधारा चाँदनी नगरपालिकाले पुनः मर्मत गरेको थियो ।

महाकाली नदीपारिको उक्त नगरपालिका जोड्ने एक हजार ४५२ मिटरको नेपालकै सबैभन्दा लामो सो पुल विसं २०६१ मा रु नौ करोड ४२ लाख ४१ हजारमा निर्माण गरिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।