बँदेलबाट मकै बचाउन रातभरि जाग्राम

कर्णाली, ७ साउन,बँदेलले मकै सखाप पार्न थालेपछि सुर्खेतका किसान रातभरि बारीमै जाग्राम बस्न थालेका छन् । वीरेन्द्रनगर नगरपालिका–१४ सुर्खेतका किसान समूह बनाएर मकै बचाउन राति बारीमै जाग्राम बस्न थालेका हुन् ।

वैशाख अन्तिमतिर रोपेको मकैले घोगा हाल्ने समयमै बँदेल लागेपछि त्यसलाई जोगाउन बारीमै जाग्राम बस्न थालिएको स्थानीयवासी रुद्र पौडेलले जानकारी दिनुभयो ।

“एक वर्षसम्म पुग्ने गरी उत्पादन हुने अन्नबाली मकै जङ्गली जनावरले दैनिक खाएर सिध्याउन थाले”, पौडेलले भन्नुभयो, “अरु उपाय केही नभएपछि त्यसको बचावटका लागि रातभर बारीको पाटामा जाग्राम बस्दै आएका छौँ ।” श्रम गरेर पनि भोकमरी सामना गर्नुपर्ने अवस्थाले किसानलाई चिन्तित बनाएको उहाँले बताउनुभयो ।

गाउँलेले समूह बनाई पालैपालो गरेर रातभर मकै रखौली गर्दै आएको स्थानीयवासी थलिराम गौतमले दुखेसो गर्नुभयो । “बँदेल एक दिन आएको ठाउँमा अर्काे दिन आउँदैन, नयाँ ठाउँबाट आएर मकै सखाप पारिसक्छ थाहा हुँदैन”, उहाँले भन्नुभयो । पटक–पटक यही पीडाले सताएकाले स्थानीय निकायलाई गुहारिएको गौतमले जनाउनुभयो ।

स्थानीय सरकारले यो समस्या समधान गर्ने आशामा रहेको स्थानीय किसान टङ्क उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार साविकको गढी गाविस–३, ४, ५ र ६ का मेहेपानी, लादे, गोठीकाँडा, बयलकाडालगायतका गाउँमा बँदेलले मकैलगायतका बाली नष्ट गर्दै आएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।