मेलका रुखमा नास्पाती फलेपछि …

डोटी, ७ साउन मेलका रुखमा नास्पाती फल्न थालेको कुरा सुन्दा पनि अचम्म लाग्ला तर जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँमा यस्तै वस्तुस्थिति देखिन्छ । सानागाउँमा केही वर्ष पहिले कलमी गरेको मेलका रुखमा लटरम्म नास्पाती फल्न थालेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।

अहिले कलमी गरिएका रुखमा फलेका नास्पातीका दाना हेर्न लायकका बनेका छन् । दश वर्ष पहिले तत्कालीन जिल्ला कृषि विकास कार्यालयले मेलका बोटमा नास्पातीको हाँगा जोडी कलमी गरेकोे थियो ।

पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले भन्नुभयो, “केही काम नलाग्ने मेलका रुख काटेर किसानले फाल्ने गरेका थिए, कृषि कार्यालयको सहयोगमा कलमी गरी नास्पाती लगाएपछि अहिले फलेर लटरम्म भएको छ, किसान खुशी भएका छन् ।” खाना पकाउने दाउरासमेत नहुने उक्त रुखलाई केही वर्ष पहिले यहाँका किसानले जरैदेखि उखेलेर फाल्ने गरेका थिए ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालयका प्रमुख यज्ञराज जोशीको पहलमा उक्त क्षेत्रमा मेलका रुखमा कलमी गरी नास्पाती लगाइएको थियो । यसरी नास्पाती फल्न थालकाले त्यहाँका किसानको आयआर्जनमा निकै वृद्धि हुने हाल दिपायल राजपुरस्थित सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक बन्नुभएका उहाँले भन्नुभयो, “बिनाकामका खेर गएका रुखलाई मेरै योजनामा कलमी गरी नास्पाती बनाएका थियौँ, अहिले मेहेनतको फल फल्न शुरु भएको छ, अब किसानका आयआर्जन बढ्नेछ ।”

अहिले अन्य वडाका किसानले पनि भएका मेलमा रुखमा कलमी गरी नास्पातीका बिरुवा लगाइदिन आग्रह गर्दै आएको उक्त निर्देशनालयले जनाएको छ । सानागाउँमा फलेका नास्पाती बिक्रीवितरणका लागि केही दिनमै यहाँका साझघाट, दिपायल, राजपुर, सिलगढी तथा पिपल्ला बजारमा लैजाने तयारी भइरहेको पूर्वीचौकी गाउँपालिकाका कृषि सेवा केन्द्र प्रमुख उदयराम साउदले बताउनुभयो ।

“हामीले जिल्लाका सानागाउँ र बुडरमा मेलका रुखलाई कलमी गरी नास्पाती बनाएका थियौँ, सानागाउँमा नास्पाती फल्न शुरु भएको छ, बुडरमा पनि फल्ने तयारीमा छ, अब जिल्लाका अन्य क्षेत्रमा पनि यो प्रविधिको विकास गर्ने तयारीमा छौँ ।” निर्देशक जोशीले भन्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।