गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

सिमकोट, ८ साउन ,हुम्लाको सिमकोट गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थालाई चार वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

कोरोना जोखिमका बीच ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अक्सिजन अभावको समस्या नहोस् भनेर अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष पद्मबहादुर लामा, स्वास्थ्य संयोजक दानबहादुर बोहरा र ध्रुव सिंहको पहलमा अक्सिजन कन्सनट्रेटरसहित रु नौ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

राष्ट्रिय आविष्कार केन्द्रबाट तीन र बौद्धिष्ट विहार बूढानीलकण्ठ काठमाडौँबाट एक गरी प्राप्त कूल चार वटा अक्सिजन कन्सन्ट्रेटर गाउँपालिकाभित्रका ठेहे, बरगाउँ, डाडाफयाँ र स्याडा स्वास्थ्यचौकीमा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दानबहादुर बोहराले जानकारी दिनुभयो ।

आवश्यकताको पहिचान गरी ती स्वास्थ्य सामग्री उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।