मेकाडेमिया नटको खेतीबाट षडानन्द नगरपालिकाको कायापलट

जीवनप्रसाद राई ।

क्षेत्रफल तथा जनसङ्ख्याको आधारमै भोजपुर जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह हो षडानन्द नगरपालिका । कृषि उत्पादनका अनेक सम्भावना बोकेको यो नगरपालिका २४१.१५ वर्ग किमीमा क्षेत्रमा फैलिएको छ भने २०६८ को जनगणनाअनुसार ३१,६१० जनसङ्ख्या रहेको छ । षडानन्द नगरपालिकाको पूर्वी सीमा सङ्खुवासभा जिल्ला, पश्चिममा टेम्केमैयुम र साल्पासिलिचो, उत्तरमा साल्पासिलिचो र दक्षिणमा भोजपुर नगरपालिका र अरूण गाउँपालिका रहेका छन् । यसको केन्द्र भने साबिक षडानन्द नगरपालिका नै हो ।

समुद्र सतहबाट ३ सय देखि सबैभन्दा माथिको उचाइ २५ सय मिटरसम्म रहेको यो नगरपालिकाले आफैमा अनेक विविधता बोकेको छ । उष्णदेखि शितोष्ण हावापानी बोकेको यो नगरपालिकाभित्र धेरै प्रकारका खेतीको सम्भावना छ तर यहाँ जापानी कटुस अर्थात् मेकाडेमिया नटको खेतीको सम्भावना तुलनात्मक रुपमा ज्यादै उपयुक्त हुनेछ । ठुलो भूगोलमा फैलिएकोले र सबैभन्दा बढी समशाीतोष्ण हावापानी रहेका कारणले मेकाडामिया नट यहाँका लागि उपयुक्त मानिएको हो ।

 

परिचय

मेकाडेमिया जापानी प्रजातिको कटुस हो । यसको खेती नेपालमा सफलतापूर्वक सम्पन्न भइसकेको छ । तराई, भित्री मधेस मध्यपहाडी भूभागको औल क्षेत्रमा पाइने हावापानी मेकाडेमियाका लागि ज्यादै उपयुक्त मानिन्छ । अङ्ग्रेजीमा: Macadamia लगत भनिने यसको वैज्ञानिक नाम : Macadamia र यसको पारिवारिक नाम भने Proteaceae हो ।

विशेषतः जङ्गलको छेउ वा बाँदर लाग्ने क्षेत्रमा यसको उच्च उत्पादन गर्न सके यसबाट प्रशस्तै तेल निकाल्न सकिन्छ । यसको फलबाट ७५ प्रतिशतसम्म तेल उत्पादन हुन्छ । कोलेस्टोरल नहुने भएकाले मेकाडेमियाको तेल खानका लागि धेरै योग्य मानिन्छ भने अन्तर्राष्ट्रिय बजार पनि उच्च छ । सुरूमा यसबाट उत्पादन लिन अलि ढिला हुने भए पनि पछिल्लो प्रविधिअनुसार कम समयमै उत्पादन लिन सकिने खालको विकास पनि भएको छ । यसको पिनाबाट सौन्दर्य प्रशाधनका धेरै प्रकारका वस्तुहरु बनाउन सकिन्छ । मेकाडेमियाको छोडाएको दानाको प्रतिकिलो मूल्य हाल रू. २५०० छ भने बोक्रासमेतको मूल्य प्रतिकिलो ५०० पर्छ । प्रतिबोट ७० किलोसम्म फलाउन सकिने यो वनस्पति प्रतिरोपनी २५ बोटसम्म रोप्न सकिन्छ ।

मेकाडामिया नट नै किन ?

निकै उच्च मूल्य आउने वनस्पति हो मेकाडेमिया । यसमा मानवीय स्वास्थ्यका लागि आवश्यक धेरै तङ्खवहरु पाइने विज्ञहरु बताउँछन् । यसको सेवनले मुटुका बिरामी र मधुमेहका रोगीलाई फाइदा पुग्ने बताइन्छ । छालासम्बन्धी रोग निराकरण गरी सुन्दर बनाउन यो निकै उपयोगी छ । विश्वमै सौन्दर्य प्रशाधन कम्पनीहरुले यसको सबभन्दा बढी खपत गर्ने गरेको तथ्याङ्क छ । यसै गरी यसको सेवनले क्यान्सरसमेत निको हुने विज्ञहरुको दाबी छ । प्रमुखतः यसको सेवनबाट बालबालिको मस्तिष्क विकासमा महङ्खवपूर्ण सहयोग पुग्छ । अल्झेइमरका बिरामीहरुका लागि पनि मेकाडेमिया निकै उपयोगी प्रमाणित भएको छ । यही कारण यसको खेती विस्तार गरेर अधिक आम्दानी लिन सकिने कुरामा दुईमत नहोला ।

नगरपालिकाले के गर्ने ?

सर्वप्रथम नगरपालिकाले मेकाडेमिया नट उत्पादन पकेट क्षेत्र घोषणा गरेर त्यहीअनुसारको कार्यक्रम अगाडि बढाउनुपर्छ । मेकाडेमिया नट के हो ? यसको खेती किन गर्ने ? यसको खेती गरेर स्थानीय जनतालाई के कति फाइदा हुन्छ ? भन्ने कुराबारे जानकारी दिँदै यो कार्यक्रमलाई प्रभावकारी ढङ्गमा अगाडि बढाउनुपर्छ । ब्रसर, पुस्तिका, पुस्तक प्रकाशन गर्ने, यसबारे श्रव्य र दृश्य प्रचार सामग्रीहरु पनि बनाउनुपर्छ ।

नर्सरी स्थापना: मेकाडेमिया नट पकेट क्षेत्र घोषणा गरिसकेपछि यसलाई प्रभावकारी बनाउन सर्वप्रथम नर्सरी आवश्यकता पर्छ । यसैले नगरपालिकाले आफ्नो क्षेत्रमा चाहिने आवश्यक बिरूवा उत्पादन गर्नका लागि नर्सरी स्थापना गरी बिरूवा उपलब्ध गराउनुपर्छ ।

साइनबोर्डहरु राख्ने: नगरपालिकाले घोषणा गरेको पकेट क्षेत्र झल्कने गरी ठाउँ ठाउँमा साइनबोर्डहरु राखेर सर्वसाधारण सबैमा सूचना प्रवाह गर्नुपर्छ । साइनबोर्डमै मेकाडेमिया नटबारे जानकारी दिँदै यसका फाइदा खेती गर्ने तरिका आदिबारे प्रस्ट पार्नुपर्छ ।

सचेतना कार्यक्रम सञ्चालन: मेकाडेमिया नटबारे धेरै नेपालीलाई जानकारी छैन । त्यसैले यसबारे नगरवासीलाई मात्र होइन, आमजनतालाई यसको खेती गर्ने तरिका, लिन सकिने फाइदाबारे जानकारी दिनुपर्छ । यसको प्रशोधन गर्ने तरिका र बजार विस्तारबारे पनि सबैलाई सचेत गराउनुपर्छ । व्यावसायिक खेतीमा नगरवासीलाई सचेततापूर्वक संलग्न गराउन तालिम, भ्रमण लगायत कार्यहरु पनि अगाडि बढाउनुपर्छ ।

सूचना केन्द्र स्थापना: भोजपुर जिल्लाको षडानन्द नगरपालिका मात्र मेकाडेमिया नटको पकेट क्षेत्र भएकाले यसबारेका सम्पूर्ण सूचना झल्कने खालका सामग्रीहरु राखेर सूचना केन्द्र स्थापना गरिनुपर्छ । यसबाट पकेट क्षेत्रको अर्थ र महङ्खव रहन्छ भने अध्ययन–अवलोकनका लागि आउने पर्यटकहरुका लागि समेत राम्रो सन्देश जानेछ ।

 

प्रशोधन केन्द्र स्थापना: पकेट क्षेत्र नै घोषणा गरी मेकाडेमिया नटको व्यावसायिक खेतीको योजना बनाएको नगरपालिकाले प्रवर्धनात्मक कार्यसँगै प्रशोधन र बिक्रीवितरणको व्यवस्था मिलाउन निजी क्षेत्रसमेतको सहकार्य अगाडि बढाउनुपर्छ ।

 

प्रवर्धन कार्यक्रम: मेकाडेमिया नटको पकेट क्षेत्र घोषणा भइसकेपछि यसका अनेकौं पाटो खुल्दै जानेछन् । यसै कारण यसलाई देश–विदेशतिर प्रचारप्रसार कार्यक्रमहरु अगि बढाइनुपर्छ । यसबाट कृषि पर्यटन प्रत्यक्ष प्रभावित हुने हुनाले प्रवर्धनका लागि नगरपालिकाले विशेष कार्यक्रमहरु आयोजना गर्ने, विज्ञहरुको सम्मेलन गर्ने तथा यसलाई बहुआम्दानी प्रदान गर्ने किसिमका कार्यक्रमहरु सञ्चालन गरिनुपर्छ । पर्यटन अभियान बढाउन होटल, रिसोर्ट र रेस्टुराँहरु पनि व्यवस्थित गर्न प्रोत्साहन गर्नुपर्छ ।

 

नगरपालिकालाई फाइदा

मेकाडेमिया नट उत्पादन विस्तारको अवसरले सिङ्गो नगरपालिकाका जनतालाई नयाँ खालको वनस्पति खेतीमा सहभागी गराई बहुमुखी आम्दानी गर्ने वातावरण तयार हुनेछ । विश्वकै महङ्खवपूर्ण वनस्पति उत्पादन बारेको स्रोत केन्द्र षडानन्द नगरपालिकामा स्थापित हुनेछ ।

यसबाट मेकाडेमिया नट उत्पादनबारे महङ्खवपूर्ण प्रविधि विकास गर्नुका साथै प्रविधि हस्तान्तरण र विकासमा योगदान पु¥याउनेछ । यसबाट नगरपालिका पर्यटकीय क्षेत्रको रुपमा समेत विकसित भई कृषि पर्यटनको विकास हुनेछ ।

 

(लेखक कृषि पर्यटन अभियन्ता हुनुका साथै कृषि परामर्शदाता समेत हुन । भोजपुर होम्ताङमा जन्मिएका उनी कृषि पर्यटन अभियान लिएर मुलुकका ७७ वटै जिल्ला पुग्ने नेपालको पहिलो नागरिक हुन । -सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।