भारतमा बर्षापछिको बा.ढी प.हिरोमा परी मृ.त्यु हुनेको सङ्ख्या १२४, उद्धार कार्य जारीे

१० साउन भारतमा भारी मनसून वर्षाको कारण उत्पन्न बा,ढी र प,हिरोबाट मृ,त्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ ।

भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ । भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

महराष्ट्र राज्यमा बिहीबार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० जनाको मृ,त्युसहित राज्यभर ज्यान गुमाउनेको सङ्ख्या ११४ पुगेको छ ।

पहिरोमा दर्जनभन्दा बढी घरहरू परेका थिए भने प,हिरोमा परी कम्तीमा ९९ जना हराइरहेको बताइएको छ ।

चिप्लुनका केही भागहरूमा बिहीबार निरन्तर २४ घण्टाको बर्षापछि पानीको तह २० फिट (छ मिटर) सम्म पुगेको र सडक तथा घरहरू डुबाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बर्षापछिको डुबानका कारण बिद्यूत् आपूर्ति अवरूद्ध हुँदा कोभिड–१९ को उपचारगराइरहेका एक अस्पतालका आठ बिरामीहरूको मृ,त्यु भएको थियो ।

उनीहरूको उपचारमा भेन्टिलेटर प्रयोग भएको तर बिद्यूत् आपूर्ति काटिनासाथ उनीहरूको मृ,त्यु भएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।