आरु जातको खेतीबाट टेम्के मैयुम गाउँपालिका प्रख्यात बन्न सक्छ

जीवनप्रसाद राई ।
क्षेत्रफलको आधारमा भोजपुरको चौथो स्थानमा रहेको टेम्केमैयुम गाउँपालिकाको कुल क्षेत्रफल १७३.४१ वर्ग किलोमिटर छ भने जनसङ्ख्या १७,९११ रहेको छ । यस गाउँपालिकाको पूर्वी सिमाना भोजपुर नगरपालिकासँग जोडिन्छ भने पश्चिममा खोटाङ जिल्ला पर्छ । उत्तरमा साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिका पर्छन भने दक्षिणमा रामप्रसाद राई गाउँपालिका । यसको केन्द्र साबिक अन्नपूर्णा गाविसको कार्यालय पर्छ । टेम्केमैयुम गाउँपालिकाको उचाइ समुद्र सतहबाट ६६५ मिटरदेखि ३,३३३ मिटर (मैयुमडाँडा) हो । यही कारण यस गाउँपालिकाको धेरैजसो भूभाग हजारदेखि दुई हजार मिटरभित्र रहेको छ । यो गाउँपालिका आरू र आरूबखडा खेतीका लागि निकै उपयुक्त देखिन्छ ।

आरू जातका वनस्पतिको परिचय

आरू र आलुबखडा वा आरूबखडाका विभिन्न जात एउटै परिवारका हुन् । आरूलाई अङ्ग्रेजीमा Peach र आरूबखडालाई Plum भनिन्छ । यी दुवैको पारिवारिक नाम Rosaceae हो भने वैज्ञानिक नाम Prunus persica हो । आरूबखडा र आरू जातको खेतीका लागि समुद्र सतहबाट हजार मिटरमाथि दुई हजार मिटरसम्मको उचाइ उपयुक्त हुन्छ । आरू जातका गुणस्तरीय फल उत्पादन गर्न १३०० मिटर माथिको उचाइ अति उत्तम मानिन्छ ।

आरू जात नै किन ?

नेपालमा आरूजातका बिरूवाहरु पाईने तथा यसको फलको बारेमा जानकारी रहेको भएता पनि यसलाई व्यावसायिक खेतीको रुपमा अगाडि बढेको न कृषक छन नत सरकारी तवरबाट नै यसलाई प्रवर्धनको कार्य अगाडि बढाइएको छ । आरूजातको महङ्खव धेरै रहेको भएपनि यसलाई महङ्खव दिएर कार्य गर्ने कुनैपनि स्थानीय तह हाल सम्म नदेखिनु सारै दुर्भाग्य नै हो । यही कारणले नै आरूजातको बारेमा खेतीलाई प्रोत्साहन हुने गरि गाउँपालिकाले यस्लाई संचालन गर्न आवश्यक रहेको छ । आरूजातका बालीहरु विशेष गरी ठुला उद्योगहरु स्थापना गर्नका लागि राम्रो कच्चा वस्तु पनि हो । यसबाट धेरै प्रकारका खाद्य परिकारहरु बनाउन सकिन्छ । यही कारणले नै यसलाई प्रवर्धन गर्न आवश्यक देखिन्छ ।

आरू र आरूबखडाका फाइदा

नेपालका धेरै ठाउँमा पाइने विभिन्न जातका आरूबखडाहरु भिटामिन सीका भण्डार हुन् । आरूमा भिटामिन ए र के पनि पाइन्छ । यसका साथै क्यालोरी, प्रोटिन, पोटासियम, कार्बोहाइड्रेट, थाइमिन, नाइसिन, रिभोफल्याभिन म्याग्नेसियम, फस्फोरस, क्याल्सियम, आइरन, जिङ्क आदि तङ्खव पाइन्छन् । यी तङ्खव मानवीय स्वास्थ्यका लागि अत्यावश्यक मानिन्छ । यसबाट बनेको जुसको सेवनले क’ब्जियतबाट मुक्ति दिन्छ । आरू र आरूबखडाको नियमित सेवनले मानिसलाई प्रा’णघा’तक रो’ग क्या’न्सरबाट बचाउन मद्दत गर्छ, म’धुमेह र हृ’दय रो’गीहरुलाई निकै फाइदा पुग्छ । यसमा रहेको क्याल्सियमले बालबच्चाहरुमा हड्डीको विकास राम्रो हुने बताइन्छ ।

आरूबखडा तथा आरूबाट धेरै उद्योग चल्छन् । यसबाट बनेको जुस ज्यादै उपयोगी मानिन्छ । हाल नेपालमा यसबाट बनेको जुसको खपत उच्च छ तर नेपाली कच्चा पदार्थबाट उत्पादन नभई भारत तथा चीनमा उत्पादन भएको हो । यसै गरी यसबाट चकलेट, जाम, जेली, मन्जन, वाइन तथा स्तरीय र’क्सीहरु बनाउन सकिन्छ । यसबाट बनेका साबुन र सेम्पोहरु मानवशरीरका लागि उपयोगी मानिन्छ । त्यसैले आरू जात बालीले नेपालको अर्थतन्त्रमा ठुलो योगदान गर्न सक्छन् । यसै कारण यसलाई महत्वपूर्ण बालीको रुपमा लिन सकिन्छ ।

गाउँपालिको भूमिका
टेम्केमैयुम गाउँपालिकाले आरू तथा आरू जातका अन्य बालीहरुको खेती गर्न पकेट क्षेत्रको रुपमा घोषणा गरी कार्यक्रम अगि बढाउनुपर्छ । यस्तो घोषणाभन्दा पहिले सकेसम्म आधार रेखा सर्वेक्षण गरे भोलि उल्एिको उन्नतिको सिँढी मापन गर्न सजिलो हुन्छ । सही तरिकाले योजना बनाई गरिएको कामले गाउँपालिकालाई समृद्ध बनाउन सहयोग गर्छ ।

नर्सरी स्थापना ः गाउँपालिकाले आरू जातको खेती विस्तार तथा पकेट क्षेत्र निर्माणको घोषणा गर्नासाथ सर्वप्रथम आवश्यक पर्ने नै आरू र आरूबखडाको बिरूवा हो । त्यसका लागि गाउँपालिका आपैmले नर्सरी स्थापना गरी प्रशस्त बिरूवा उत्पादन गर्नुपर्छ । आरूका विभिन्न जातहरुको खेती गर्नका लागि गाउँपालिकाले नर्सरीसँगै आफ्नै प्रयोगशाला, अनुसन्धानशाला व्यवस्थापनलाई अनुसन्धान केन्द्रकै रुपमा व्यवस्थित गर्नुपर्छ, जसबाट बिरूवा कमली गर्ने प्रविधि, जातको वर्गीकरण र उत्पादनमा प्रोत्साहन गरिनुपर्छ ।
साइनबोर्डहरु राख्ने ः हुन त नेपालका धेरै ठाउँमा आरू र आरूबखडा फलाइन्छ तर व्यावसायिक रुपमा भने खासै उत्पादन गरेको पाइन्न । टेम्केमैयुम गाउँपालिकाले बनाएको पकेट क्षेत्र आरू बालीको खेती गर्ने तरिकादेखि यसका जातहरु र तिनका विशेषता उल्लेख गरी प्रचार अभियानलाई व्यापक बनाउनुपर्छ । यसैको एउटा रुप हो साइनबोर्ड व्यवस्थापन । यसका लागि आरू जातको खेती गर्नाले आमगाउँवासीहरुलाई हुने फाइदा र अन्य सूचनाहरु झल्कने गरी प्रमुख ठाउँ, सार्वजनिक स्थलहरुमा साइनबोर्ड राख्नुपर्छ । जसबाट गाउँमा प्रवेश गर्नेबित्तिकै आरू र आरूबखडा खेतीको पकेट क्षेत्र आइपुगेको सबैले प्रत्यक्ष महसुस गर्न पाउनेछन् र नागरिकहरुमा सूचना पनि प्रवाह हुनेछ ।

सचेतना कार्यक्रम ः खासमा आरूबखडा र आरूहरु हाम्रा गाउँघरमा धेरै पहिला देखि नै हुने भएकोले यसमा स्थानीय बासीहरुको कमै चासो हुन सक्दछ । तर यसको बारेमा गाउँपालिकाले के गर्न सक्छ र कसरी कार्य गर्दैछ भन्ने खालको सचेतना कार्यक्रमहरु संचालन गर्नु पर्छ । यसका लागि आवश्यक पर्ने ठाउँमा कृषकहरुका लागि भ्रमण अध्ययन हरु समेत गर्नुपर्छ । आरूबाट बन्न सक्ने वस्तुहरुको समेत प्रचार गर्दै यसको कार्यलाई कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा कार्य गरिनु पर्छ ।
सूचना केन्द्र स्थापना ः गाउँपालिकाले आरू जातका सबै बालीबारे पुस्तक, पुस्तिका, ब्रसरहरु प्रकाशन, चलचित्र र वृत्तचित्र निर्माण, नमुना खेती, अध्ययन–अनुसन्धान प्रतिवेदन आदि सम्पूर्ण जानकारी उपलब्ध गराउन सूचना केन्द्र स्थापना गर्नुपर्छ । सो केन्द्रबाट कृषक मात्र होइन, त्यसप्रकारका बालीबारे जिज्ञासु जोकोहीले यथेष्ट जानकारी पाउन सक्छन् । साथै आरू जातका बालीका विभिन्न चरण र आकर्षण झल्कने खालका फोटा, पोस्टर, पम्प्लेटहरु सूचना केन्द्रमा उपलब्ध गराइनुपर्छ ।

प्रशोधन केन्द्र स्थापना ः आरूको उत्पादन आफैमा महङ्खवपूर्ण छँदैछ तर यसबाट प्रशोधन उद्योगहरु सञ्चालन गर्ने अभ्यास पनि गाउँवासीलाई बेलैदेखि देखाउनुपर्छ । कुनै कुराप्रति विश्वास जागे मात्रै मानिस सो काम एकचित्तका साथ गर्ने गर्छन् । राम्रो प्याकिङमा बजारमा बेच्न पठाइए पनि भण्डारण समय सीमित भएकाले आरू जातका बालीको प्रशोधन केन्द्र नै मुख्य बजार हो । त्यसैले यसबाट बन्न सक्ने र बनाउन सकिने खाद्य परिकारहरु उत्पादन उद्योगका लागि गाउँपालिकाले पहल, संयोजन, समन्वय र सञ्चालनमा सहयोग गर्नुपर्छ ।
प्रवर्धन कार्यक्रम ः पकेट क्षेत्र घोषणा गरी आरू जातका बाली उत्पादनमा व्यापकता दिन गाउँपालिकाले नेतृत्वदायी भूमिका खेल्नै पर्छ । खेतीका लागि आवश्यक कार्यहरुसँगै प्रशोधन उद्योग स्थापना र उद्योगबाट उत्पादित वस्तुहरु बजारीकरणसम्ममा गाउँपालिकाले निरन्तर प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरिरहनुपर्छ ।

गाउँपालिकालाई फाइदा

आरू जातका बाली (आरू, आरूबखडा, आरूचा आदि) खेतीको पकेट क्षेत्र बनाउनेबित्तिकै टेम्केमैयुम गाउँपालिकालाई पहिलो सफलता प्राप्त भइसकेको हुन्छ । तदारूकतासाथ गरिएका यस्ता कामले सबैभन्दा धेरै फाइदा गाउँपालिका वासीलाई पुग्छ । सम्बन्धित गाउँवासीलाई फाइदा हुनुभनेको सिङ्गो गाउँपालिका उन्नत हुनु हो । यस कदमले धेरै ठाउँबाट सरोकारवाला निकाय, नीति निर्माण तह मात्र होइन, विभिन्न अध्ययन, अनुसन्धान, दृश्यावलोकन भ्रमणका लागि आउने मानिसहरु प्रशस्त हुनेछन्, जसको फाइदा सिङ्गो गाउँपालिकाले लिनेछ । प्रदेश तथा केन्द्रबाट समेत प्रदान गरिने सेवा सुविधाहरु यस गाउँपालिकाले प्रमुख प्राथमिकतासाथ प्राप्त गर्नेछ ।

(लेखक कृषि पर्यटन अभियन्ता हुन । भोजपुर होम्ताङमा जन्मिएका उनको कृषिमा एक दर्जन पुस्तकहरु बजारमा आएका छन ।-सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।