धनकुटाका ५५ वर्ष माथिका नागरिकलाई भोलिदेखी पु:न कोरोना विरुद्धको भेरोसेल खोप लगाईदै
श्रावण १३,धनकुटा । धनकुटाका ५५ वर्ष माथिका नागरिकलाई भोलिदेखी पु:न कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाईदै छ ।
नेपाल सरकारले चिनबाट खरिद गरेको यो खोप धनकुटाका सातवटै पालिकाका सम्पूर्ण वडाको १४८ खोप केन्द्रबाट लगाईने स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
धनकुटा नगरपालिका वाहेक अन्य सवै पालिकाका खोप केन्द्रहरुमा खोप समेत पुर्याई सकिएको उहाँले वतउनुभयो । धनकुटा नगरपालिकाको भने भोलि विहान नै लगेर लगाउने योजना रहेको उहाँको भनाई छ ।
प्रमुख गुरागाईका अनुसार यस पटक जिल्लामा १२ हजार भायल भेरोसेल खोप प्राप्त भएको छ । जोनसन एण्ड जोन्सन खोप भने आउन बाँकी रहेको उहाँले वताउनुभएको छ ।


