कोरोनाविरुद्धको खोप प्रदेश सरकारको प्राथमिकतामा

गण्डकी, गण्डकी प्रदेशका मन्त्रीहरूले कोरोनाविरुद्धको खोप आफूहरूको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित नवनियुक्त मन्त्रीहरूको बधाई तथा परिचयात्मक कार्यक्रममा उहाँहरूले जनअपेक्षाअनुसार खोप उपलब्ध गराउने कुरामा आफूहरू लागेको बताउनुभयो ।

गण्डकीमा आमसञ्चार विधेयक ल्याउनुपूर्व पत्रकारको सुझावअनुसार अघि बढ्ने बताउँदै मन्त्रीहरूले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरू प्रतिबद्ध रहने बताउनुभयो । पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले लोकतन्त्रको मूल्यमान्यताविपरीत गण्डकी सरकार अघि बढ्न नसक्ने बताउँदै सञ्चारजगत्कै कारण देशमा ठूला ठूला परिवर्तन ल्याउन सम्भव भएको उल्लेख गर्नुभयो । प्रेस स्वतन्त्रताको रक्षा भएमात्र देशमा लोकतन्त्रको रक्षा हुने उहाँले भन्नुभयो ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले अहिलेको प्रमुख आवश्यकता कोरोनाविरुद्धको खोप भएकाले तीनै तहको सरकार मिलेर खोप उपलब्ध गराउने बताउनुभयो ।कानून, सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापाले कोरोना महामारीको समयमा सञ्चारजगत बाँच्ने र बचाउनका लागि आफू लागिपर्ने बताउनुभयो । कोरोनाबाट सबै क्षेत्र तहसनहस भएको बताउँदै उहाँले सञ्चारक्षेत्र झन जोखिमयुक्त क्षेत्र भएको उल्लेख गर्नुभयो । मन्त्रालयमा रु ८८ करोड बजेट रहेकोमा सञ्चार क्षेत्रका लागि रु दुई करोड बजेट रहेकोे उहाँले जानकारी दिनुभयो ।

उक्त अवसरमा युनियनका तर्फबाट नेपाली कांग्रेसबाट नियुक्त मन्त्रीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छ । उहाँहरूलाई बधाईपत्रका साथमा माला र खादा ओढाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पे्रस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, केन्द्रीय सचिव केवी राना, युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, युनियनका सल्लाहकार रवीन्द्र बाँस्तोला, गङ्गाधर पराजुली, शिरोमणि बराल, जिल्ला उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेललगायतले जनताको हितलाई ध्यानमा राखेर काम मन्त्रीहरुलाई आग्रह गर्दै सामाजिक सञ्जालमा टीकाटिप्पणी नहुने गरी काम गर्न सुझाव दिनुभयो।

नेपाल प्रेस युनियन कास्कीले यसअघि नै प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्कालाई बधाई तथा सम्मान गरिसकेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।