उठ्न थाले ब,गेका बस्ती

सिन्धुपाल्चोक,हेलम्बु गाउँपालिका–१ चिउरीखर्क गरिब मगर र दलित बस्ती हो । विसं २०७२ को भू,कम्पले थिलोथिलो भएको उक्त बस्ती बासिन्दाले आफ्नो थातथलोमा बस्न नसक्ने भएपछि सडक छेउ मोहीबापत कमाउँदै आएको जग्गामा भू,कम्पको बेला पाएको रकमले घर बनाए । घर बनाएको तीन वर्ष नपुग्दै गत असार १ गते मेलम्ची खोलामा आएको बाढीले न घर रह्यो, न आफूले मोहीबापत कमाउँदै आएको जमिन नै ।

भू,कम्प होस् वा बा,ढी प,हिरोको वि,पद्, यसको सबैभन्दा बढी मार भुइँमान्छेलाई पर्छ । यसको मार आज चिउरीखर्कका गरिब जनताले बेहोरिरहेका छन् । पटक–पटकको प्राकृतिक प्रकोपका कारण यो बस्तीका मानिसको जीविका उकासिनुको साटो झन भासिएको छ । चिउरीखर्कका गोपाल थापामगर भन्नुहुन्छ, “भूकम्पमा बनाएको घरको ऋण तिर्न सकेको छैन अर्को विपत्ति झेल्नुप¥यो । न घर रह्यो न जग्गा, अब कसरी जीविका धान्ने ।”

चिउरीखर्कमा यस्ता २२ घरधुरी छन् । सबैको अवस्था उही, न घर रह्यो न जमिन । भू,कम्पका कारण विस्थापित भएका उक्त बस्तीका बासिन्दा अब पुरानै थातथलोमा बस्न बाध्य छन् तर आशा भने मारेका छैनन् । काले कामी भन्नुहुन्छ, “जे हुनु भयो अब पुरानो थातथलोमा फर्कनेबाहेक अरु विकल्प छैन । यहीँ घर बनाउने र पाखो फाँडेर खेती लगाउन शुरु गर्ने हो, बच्नु त प¥यो ।” त्यसैले उनीहरुले पुरानै थलोमा अस्थायी आवास बनाउन शुरु गरिसकेका छन् । उक्त समुदायमा गाउँपालिकाको डिजाइनअनुसार स्टार्ट फण्डको सहयोगमा केयर नेपाल, पिपुल इन नीड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा २० वटा तीन कोठे अस्थायी आवास निर्माण भइरहेका छन् ।

वर्षायाम, दिनहुँको झरी र घामले बस्न धौ–धौ भएको बेला निर्माणाधीन अस्थायी आवासले चिउरीखर्कवासीको मनमा बाढीको पीडा भए पनि मुहारमा हाँसो थपिएको छ । नजिकिँदो चाडबाडमा बास र गाँस गुमाउँदाको पीडामा तत्काल घर बनाउन पाउँदा उनीहरुको मुहारमा हाँसो थपिएको हो । चन्द्रकुमारी थापामगर भन्नुहुन्छ, “बाढीमा बाँचेको शरीरलाई जोगाउन त्रिपाल हालेर बसेका छौँ । घाम र पानीमा बस्न धेरै धौ–धौ भएको छ । त्यसैले हामी सबै मिलेर घर बनाउन जुटेका छौँ । एक महिनापछि पुरानै थलोमा सर्ने योजना छ । त्यही घरमा बसेर चाडबाड मान्ने हो ।”

कूल १०७ घरपरिवार विस्थापित रहेको तथ्याङ्क रहे पनि करिब ९० घर पूर्णरूपमा क्षति भएको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो । उहाँले अहिले अस्थायी आवास निर्माणलाई प्राथमिकता दिइएको र सरकारले दिने भनेको रु पाँच लाख आउने बित्तिकै स्थायी आवासका निम्ति काम थाल्नेसमेत जानकारी दिनुभयो । गाउँपालिकाले बनाएको मापदण्ड र प्राविधिक लागतअनुसार एकै किसिमको घर निर्माण गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको प्राविधिक ‘स्टमेट’अनुसार रु तीन लाख ६६ हजार बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुनेछन् ।

इन्द्रेणीले १७ तथा हेल्बटास र पिनले ४२ अस्थायी आवास र देशभरका कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले ४३ वटा पक्की घर निर्माण गरिदिने भएको अध्यक्ष शेर्पाले बताउनुभयो । यही असार १ गते मेलम्ची नदीमा आएको भीषण बाढीले ठूलो क्षति पु¥याएको थियो । बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारलगायतको क्षेत्र क्षतविक्षत बनाएको थियो । बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची आसपासका २५४ घर पूर्ण क्षति भएका थिए भने ६९६ घरधुरी विस्थापित भएका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।