युवा पुस्तालाई लोकतन्त्रको मूलप्रवाहमा ल्याउने जिम्मेवारी तरुण बिभागको काँधमा रहेको छ – सुर्य चन्द

काठमाडौं : पार्टीलाइ जिवन्त तथा क्रियाशील वनाउनको लागी युवाहरुको महत्वपुर्ण भुमिका रहेको छ। एक सक्षम नेतृत्वले तरुणहरुलाई सक्रिय रुपमा परिचालन गर्दै भबिष्यको राजनीति खाका कोर्न सक्नु पर्छ। नेपाली कांग्रेस नेपालको एक समाजवादी-जनवादी राजनीतिक दल हो। ‘राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने नारा लिएको नेपाली कांग्रेसले वर्तमान सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य राखेको छ । कांग्रेस नेपालका पुराना राजनीतिक दलमध्येको एक हो । जब जब देशमा संकट पर्छ तब नेपाली कांग्रेसको नेतृत्वले देशलाइ निकासा दिदैं आएको ईतिहास हामी संग साक्षि छ।

नेपाली कांग्रेस अहिले कठिन मोडमा उभिएर सरकारको नेतृत्व लिईरहेको छ। नेपाली कांग्रेस पछिल्लो समय वैचारिक र सांगठनिक दुवै दृष्टिले कमजोर हुँदै गएको होकी भन्ने भ्रम सिर्जना भईरहेको पनि छ। दोस्रो र तेस्रो पुस्ताका नेपाली जनताबीच कांग्रेस आकर्षणको केन्द्र बन्न सकिरहेको छैन। पार्टी गुट उपगुटमा विभाजित भई निजी र वर्गीय स्वार्थमा चुर्लुम्म डुबेको छ। सैद्धान्तिक धरातल अस्पष्ट रहेको आरोप लागिरहेको छ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा तरुण बिभागको भूमिका कस्तो रहन्छ भन्ने कौतुहलता तरुण बीच बिध्यमान रहेको छ। मुलुकको संघीय संरचना सहित जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, नगरपालिका, गाउँपालिका र नगरपालिका/गाउँपालिका र वडाहरु सम्म तरुणहरुको भूमिका निर्णायक हुन्छ। तसर्थ विशेषत युवा पुस्तालाई लोकतन्त्रको मूलप्रवाहमा ल्याउने जिम्मेवारी अहिले तरुण बिभागको काँधमा रहेको छ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्रि एबम तरुण बिभाग प्रमुख शंकर भण्डारीको नेतृत्वमा गठित तरुण बिभाग अहिले सक्रिय रुपमा अगाडी बढेको छ। विभिन्न समिति तथा उपसमितिहरु गठन गर्दै युवा तरुणहरुलाई महत्वपुर्ण भूमिकाको जिम्मेवारी प्रदान गर्दै संगठन निर्माणमा सक्रिय बन्दै गएको तरुण बिभाग अहिले युवाहरुको आकर्षणको बिन्दु बनेको छ। तरुण बिभाग प्रमुख शंकर भण्डारीको स्पष्ट नीति निर्देशन, कार्ययोजना र दुरदर्शी सोचको कारण तरुण बिभाग युवाहरुको आकर्षण बनेको तरुण नेताहरुको भनाइ छ।

नेपालको राजनीतिमा लामो समय सङ्घर्ष गरेको पार्टी, राणा,पञ्चायत र शाही शासन विरुद्धमा लोकतन्त्रको पक्षमा लडेको र पटक पटक सरकारको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेस १४ औँ महाधिवेशनको मुखमा आइपुग्दा युवाहरुको राजनीति भूमिकालाइ कसरि नेतृत्व सम्म पुर्याउछ र युवाहरुलाई सक्रिय राजनीतिमा परिचालन गर्छ भन्ने कुरा अहिले तरुण बिभागको काँधमा आईपरेको छ। कांग्रेस कस्तो हुनुपर्छ र यसको नेतृत्व कस्ता नेताले लिनुपर्छ भन्ने कुरामा तरुणहरुले निर्णायक भूमिका निर्बाह गर्न सक्नुपर्छ। कांग्रेसको आन्तरिक राजनीति गुट र उपगुट भन्दा माथि उठेर हामीले सक्षम र सवल नेतृत्व चयन गर्ने जिम्मेवारी बहन गर्नुपर्ने समय आएको छ। कांग्रेस नेतृत्वमा पुग्ने नेताहरुले अबका दिनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने हुनुपर्छ । नेपाली कांग्रेसको चौधौं महाधिवेशनले नेपाली कांग्रेसलाइ नयाँ दिशा तर्फ अगाडी बढाउनु पर्छ भन्ने हामी तरुणहरुको सोच रहेको छ।

युवाहरुमा जब सम्म राजनीति चेतना आउदैन तब सम्म देश बिकाशको गतिमा उन्मुख हुँदैन। त्यसैले तरुण बिभागले केन्द्र, प्रदेश र जिल्ला हुँदैं वडा सम्म आफ्नो संगठन निर्माणलाइ युद्दस्तरमा लिएर राजनीति चेतनालाइ, नेपाली कांग्रेसको नीति नियम र बिधान स्पष्ट रुपमा जनता बीच राख्नु पर्ने आबश्यकता रहेको छ। (संचारकर्मी तथा नेपाली कांग्रेस तरुण बिभाग प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह-संयोजक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।