तरुण भेला सम्पन्न
धनकुटा । महाभारत गाउपालिका वडा नं ५ को तरुण भेला सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस पार्टीको भातृ संगठन तरुण दल नेपालको एक कार्यक्रममा बिच गाउँ पालिकाको युवा नेता अनिस मोक्तानको अध्यक्षतामा बसेको बैठकले आगामी हुन गईरहेको पार्टीको १४ औं महाधिबेसनको विषयमा वृहत् छलफल गर्दै सम्पन्न भएको हो ।
बैठकका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति राम योन्जन , बाग्मती प्रदेश विभाग सदस्य विकास योन्जन विशेष अतिथि रहनुभएको थियो ।
बैठकमा आगामी हुने माहाधिवेशनको विषयमा युवाहरू विच छलफल गर्दै तिनै तहको निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीलाई बिजय गराउनु पर्ने र त्यस्तै गरि पार्टीको १४ औं महाधिबैसनमा युवाहरूको सहभागीता हुनुपर्ने भन्दै युवाहरू त्यसका लागि सक्रिय ढंगले अगाडि बढ्ने छलफलबाट निर्णय गरेको तरुण प्रदेश विभाग सदस्य विकास योन्जनले बताए । बैठकमा वडा नं ५ का युवाहरूको भव्य उपस्थित रहेको थियो ।


