नेपाली काङ्ग्रेस पार्टीको कार्यकर्ता तथा युवा भेला सम्पन्न
धनकुटा । महाभारत गाउपालिका वडा नं २ मा शनिबार नेपाली काङ्ग्रेस पार्टीको कार्यकर्ता तथा युवा भेला सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति राम योन्जनको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले युवाहरूलाई राजनीतिक प्रशिक्षण दिदै सम्पन्न भएको भेलाका विशेष अतिथि , बाग्मती प्रदेश विभाग सदस्य विकास याेञ्जनले बताउनु भयो ।
पार्टीका युवा नेता लवाङ पाख्रिनको अध्यक्षतामा सञ्चालित भेलामा क्षेत्रीय कोषाध्यक्ष ज्ञानेन्द्र स्याङतान , सभापति पदम बहादुर मोक्तान, युवा नेता पवन थिङ लगायत पार्टीको नेता तथा कार्यकता एवं सक्रिय युवाहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै गरि भेलामा प्रशिक्षणका साथै आगामी हुने तिनैतहको निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीलाई बिजय गराउनुका लागि युवाको सक्रिय भुमिका रहनुपर्ने भन्दै पार्टीको १४ औं माहाधिवेशनमा युवाहरूको सहभागिता बढि मात्रमा हुनुपर्ने नेता तथा कार्यकताले भेलमा माग राखेको तरुण बाग्मति प्रदेश विभाग सदस्य याेन्जनले बताउनु भयो ।
भेलामा बृहत नेता कार्यकर्ता तथा युवाको सहभागिता रहेको वडा नं २ नेपाली काङ्ग्रेसले जनाएको छ ।


