३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

जलेश्वर, महोत्तरी जिल्लाको तीन वटा पालिकालाई आज कोरोना विरुद्ध जीवन रक्षाका लागि एक संस्थाले ३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

विश्वसहित नेपालमा पनि पछिल्लो समय कोरोनाको तेस्रो लहर भेटिएपछि सेभ द चिल्ड्रेनको सहयोगमा रतौली युवा क्लब महोत्तरीले जिल्लाको जलेश्वर नगरपालिका, लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिकालाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

सेभ द चिल्ड्रेनको सम्मुनति कार्यक्रम अन्तर्गत रतौली युवा क्लबले कोरोनाको तेस्रो लहर विरुद्ध पूर्व तयारीका लागि जलेश्वर नगरपालिकालाई रु १५ लाख, लोहारपट्टी नगरपालिकालाई सात लाख र पिपरा गाउँपालिकालाई १३ लाखका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सो संस्थाले पालिकालाई अक्सिजन ग्यास सिलिण्डर, अक्सिमिटर, स्यानिटाइजर, मास्क, ग्लोब्सलगायत २२ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरीले तीन वटै पालिकाका प्रमुखलाई सबै स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖