प्रदेश १ मा आज थप ७७३ जनामा संक्रमण पुष्टि,११ को नि’धन

विराटनगर, १८ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा ११२, धनकुटामा २३, इलाममा ६, उदयपुरमा ५, खोटाङमा ३, पाँचथर र ते¥हथुममा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ६५, बेलबारीमा १६, सुन्दरहरैचामा १४, पथरीशनिश्चरेमा १२, उर्लाबारीमा ९, बुढीगंगामा ७, केराबारी र लेटाङमा ३–३, कानेपोखरीमा २, ग्रामथानमा १, सुनसरीको धरानमा ५२, इटहरीमा ४४, दुहवी र रामधुनी र बराहक्षेत्रमा ४–४, इनरुवामा ३, पथरीशनिश्चरे र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ३२, भद्रपुरमा २६, मेचीनगरमा १८,विर्तामोडमा १६, अर्जुनधारा र हल्दिबारीमा ५–५, कनकाई, कमल गाउँपालिका र गौरादहमा २–२, गौरीगञ्ज, कचनकवल र बुद्धशान्तिमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १४, छथर र महालक्ष्मीमा ३–३, पाख्रिवासमा २, शहिदभूमीमा १, इलामको चुलाचुलीमा ४, रोङ र सुर्योदयमा १–१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलकामा १–१ र स्थानीय तह नखुलेका २, खोटाङको साकेलमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फालेलुङ र स्थानीय तह नखुलेका १–१, ते¥हथुममा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ८३४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३७९ महिला र ४५५ पुरुष रहेको छन् । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृ त्यु भएको छ । मृ त्यु हुनेमा ४ महिला र ७ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।