धनकुटालाई आवश्यक पर्ने कोरोना विरुद्धको खोप तत्काल व्यवस्था मिलाईदिन कांग्रेस सहमहामन्त्री थापाको माग
धनकुटा,१९ साउन । संविधानसभा सदस्य पुर्व मन्त्री एबम् नेपाली काङ्ग्रेस सहमहामन्त्री सुनिल बहादुर थापाले स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठ संग मन्त्रालयमा भेट गर्दै धनकुटा जिल्लाभर आवश्यक पर्ने कोरोना भाइरस विरुद्धको खोप जिल्ला जनस्वास्थ्य धनकुटाबाट माग भए बमोजिमको उपलब्ध गराउने व्यावस्था मिलाईदिन राज्यमन्त्री श्रेष्ठ संग आग्रह गर्नु भएको छ ।
सहमहामन्त्री थापाले स्वास्थ सचिब डा.रोशन पोख्रेल तथा बिभागका निर्देशक संग छलफल गर्दै पहाडी जिल्ला धनकुटालाई खोपमा उच्च प्राथमिकतामा राख्दै त्यसको लागि आवश्यक कार्य अघि बढाइने बताएको कांग्रेस यूवा नेता मदन घिमिरेले जानकारी दिनु भयो ।
साथै धनकुटा अस्पतालबाट माग भए बमोजिमका सामान उपलब्ध गराउने र तत्काल बिशेषज्ञको दरबन्दी ब्यबस्थापन गर्न सहयोग गर्ने समेत स्वाथ्य सचिव र निर्देशकले बताउनु भएको घिमिरेले जानकारी दिनु भयो ।


