गायिका सुनिता थेगिमको आवाजमा‘आन्छी मिम् आफल्याङ मेसिनेन‘’ सार्वजनिक

ललितपुर, २० साउन । गायिका सुनिता थेगिम र गायक तानाम तान्छो लावतीको स्वरमा ‘आन्छी मिम् आफल्याङ मेसिनेन‘’ लिम्बू भाषाको गीत म्युजिक भिडियोलाई मंगलबार नखिपोटस्थीत युङ्चा रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । प्रेमी प्रेमिका विचको माया र स्नेहलाई भौतिक शरिरले छोडेर गएपनी ‘हाम्रो माया कहिल्यै मर्दैन’ धारणालाई गीतमा समेटिएको छ ।

विमोचन कार्यक्रममा बोल्दै चलचित्र विकास वोर्ड, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्यप्रकाश चेम्जोङले गीतमा आफ्नो कथालाई देख्न पाइने र संसारभरि रहेका कला सस्कृतिको संरक्षण र सम्वद्धृन गर्न सकिने बताउनुभयो । कला र सस्कृतिको लागी आपसी रुपमा कलाकारहरुले सदैव सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

भिडियोमा मनोरञ्जन मात्र नभएर हाम्रो समुदायको लोप हुँदै गैरहेको संस्कार सस्कृतिको संरक्षण गर्न सकोस् भन्ने अपेक्षा रहेको छ ।” चेम्जोङको भनाई थियो । “यसको लागि चुम्लुङले आवश्यक सहयोगको लागि पहल गरोस्” भन्ने आग्रह पनि गरेका थिए ।

निर्देशक दिनेश लिङ्देनले जीवनलाई महिनौ अध्ययन गरेर संगीत गरेको र कोभिड कहरको वाबजुद पनि कामहरू गरिरहेको हुँदा व्यक्तिगत र आफु आवद्ध संस्थाको तर्फबाट निर्देशक हाङ चेम्जोङलाई धन्यवाद दिएका थिए ।

किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले गीत र भिडियोमा सम्बन्धितहरूको काममा प्रश्न नरहेको बताएकी थिइन् । “सबैको मिहिनेत छ, लिम्बू संस्कारलाई जिवन्तता दिने काम भएको छ, पहिचानलाई जिवन्त राख्न सफल भएको छ” तुम्बापोको भनाई थियो । राज्यबाट विभेद भएकोले कला संस्कृति संरक्षण गर्न युवाहरुको काँधमा आएको र चुम्लुङले आफुले सकेको गरी नै रहेको उनले बताइन् ।

कार्यक्रममा हङकङका त्रिभुवन लुम्फुङ्वा, निर्देशक हाङ चेम्जोङ, गीतकार साइमन लिम्बूले पनि आफ्नो धारणा दिएका थिए । एनआरए एसिया प्यासिफिक महिला संयोजक जुनु गुरुङ, हङकङका लोकराज आङ्बुहाङ, सागर केरुङ, भवानी सम्बाहाम्फे, रवि सेर्मा, लक्ष्मी योङहाङ, निरन्ता नेम्बाङ, तुलसा लिम्बू, दीपा सुहाङ, टेकराज लावती, एकान्त आङ्देम्बे, मनु थक्लुङ, पुष्पाञ्जली तिल्लिङ, इसक जबेगु, सनि लिम्बू, सीता सिंगक, मिना सिंगक, रुद्र पाहिम, नगेन माखिम, यादन सेर्मा, थोक्फेला लिङ्दिन, सविना योङ्हाङ, पवित्रा लिम्बू, हाङ लावती, उपासना नेम्बाङ, गंगा फियाक, सिर्जना जबेगु आदि कलाकार, समाजसेवीहरुको उपस्थित भएको कार्यक्रमलाई यासेली योङ्हाङले सञ्चालन गरेका थिए ।

साइमन लिम्बूको रचना, जेपी नेम्बाङको संगीत, टेकेन्द्र यक्सोको एरेन्ज रहेको गीतको भिडियोमा विमला खजुम लिम्बू, साइमन लिम्बू, तानाम तान्छो लाओती, झरना लिम्बूले अभिनय गरेका छन् ।

भिडियोको लागि सोम मगरातीले श्रृङ्गार, नागिन धिमालले ड्रोन, अनिल रानाले सम्पादन, तिलक रिजालले छायांकन गरेका हुन् ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नूहोस ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।