सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनका लागि आज

वाग्मती, मकवानपुरको वाग्मती गाउँपालिकामा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनका लागि आज सम्झौता गरिएको छ । सो केन्द्र सञ्चालनका लागि गाउँपालिका र तिलगङ्गा हेटाँैडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता गरिएको छ ।

गाउँपालिका अध्यक्ष सर्केस घलान र हेटाँैडा अस्पतालका प्रमुख डा सुनिल श्रेष्ठबीच सम्झौता भएको गाउँपालिकाले जनाएको छ । सम्झौतामा हस्ताक्षर गरेको मितिले आगामी पाँच वर्षसम्म अस्पताल कायम रहने उल्लेख गरिएको छ ।

सम्झौतापत्रमा आँखा केन्द्र सञ्चालनका लागि गाउँपालिकाले दुई स्वस्थ्यकर्मीका लागि पारश्रमिक रकम वार्षिकरुपमा अनुदानस्वरुप उपलब्ध गराउनुपर्ने, सञ्चालन केन्द्रका लागि भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने, सेवा सञ्चालनका लागि उपयुक्त वातावरण तयार पार्नुपर्ने, वार्षिकरुपमा बजेट विनियोजन गर्नुपर्ने, आवश्यकता अनुरुपको प्राविधिक जनशक्ति उपलव्ध गराउनुपर्ने लगायतका विषय उल्लेख गरिएको छ ।

आँखा केन्द्रमा आगामी तीन महिनाभित्र आँखा जाँच, चश्मा जाँच, सामान्य शल्यक्रिया र औषधिसहितको सुविधा उपलब्ध गराइ सञ्चालनमा ल्याइने हेटौँडा आँखा अस्पतालका प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖