खोप लगाउन पाएपछि नागरिकमा उत्साह

खलङ्गा,दोस्रो लहरको कोरोना भाइरसको खोप लगाउन पाएपछि जुम्लाका बासिन्दामा उत्साह छाएको छ । कोभिडले सास्ती भोगेका नागरिकलाई खोप लगाउन शुरु गरिएपछि उत्साह थपिएको हो ।

बुधबारदेखि ‘भेरोसेल’ खोपको पहिलो मात्र शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले चन्दननाथ नगरपालिकाका– ६ वटा खोप केन्द्रमा खोप लगाइने जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका खोप शाखा प्रमुख बालकुमारी खड्काले बताउनुभयो ।

ज्येष्ठ नागरिकलाई पनि खोप लगाउन शुरु गरिएको छ । यहाँका स्थानीय तहमा यही साउन २१ गतेसम्म खोप लगाउने तालिका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाभरी ११४ खोप केन्द्र रहेकाले अहिले जनस्वास्थ्य कार्यालयसहित जिल्लाभरका जनशक्ति यसैमा केन्द्रीत भएर काम गरेको खोप शाखा प्रमुख बालकुमारी खड्काकाले बताउनुभयो ।

सरकारले शिक्षकका लागि पनि खोप लगाउने अवसर दिएकामा शिक्षक खुशी भएका छन् । शिक्षक जयशङ्कर धिताल विद्यार्थी र समाजसँग प्रत्यक्ष सम्पर्क हुने भएकाले खोप पाए भने सुरक्षित हुने बताउनुभयो । सरकारले स्वास्थ्यकर्मीसहित अत्यावश्यक काममा लागेका सुरक्षाकर्मी, पत्रकारलाई पनि खोपको व्यवस्था गरेको छ ।

जुम्लाका एक हजार ४० स्वास्थ्यकर्मीलाई खोप लगाइएको छ । यहाँका करिब ५० पत्रकारले पनि खोप लगाएका छन् । केन्द्रमा अहिले खोप लगाउने व्यक्तिमा उत्साह थपिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।