ग,र्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क

सप्तरी, सप्तरीको कञ्चनरुप नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण इकाइद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनको आमाहरुलाई पोषण झोला वितरण’ समारोहमा नगर प्रमुख वसन्तकुमार मिश्रले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

सप्तरी जिल्लाको पहिलो खुला दिशामुक्त र पूर्ण खोप सुनिश्चित नगर घोषित कञ्चनरुप नगरपालिका जिल्लाको एक मात्र तथा प्रदेश नं २ को पहिलो र नेपालको तेस्रो बालमैत्री नगरपालिका हो । नगर प्रमुख मिश्रले कञ्चनरुपलाई अब कुपोषणमुक्त नगर घोषणा गर्ने ढङ्गले काम अगाडि बढाइएको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य शाखा कञ्चनरुपले गर्भवती र सुत्केरी महिलालाई क्याल्सियम र फोलिक एसिड चक्की वितरण गरेको छ । गर्भावस्थामा स्वास्थ्य चेकजाँच, आइरन चक्कीदेखि क्याल्सियम र फोलिक एसिड चक्की निःशुल्क वितरण भइरहेकोमा अबदेखि गर्भवतीलाई कुनै पनि स्वास्थ्य संस्थामा जानु पर्दाको एम्बुलेन्स भाडा नलाग्ने नगरप्रमुख मिश्रले घोषणा गर्नुभयो । यसका लागि एउटा एम्बुलेन्स नियमित रुपमा बरमझियामा रहने पनि उहाँले बताउनुभयो ।

पोषणयुक्त खानपिनको अभावले हुने कुपोषण नियन्त्रण गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत नगरपालिकाले बेलाबेलामा पोषण सामाग्री उपलब्ध गराउँदै आएको छ । कार्यक्रमकी सहजकर्ता सुशीला चौधरीले कुपोषणमुक्त नगर घोषणा गर्ने उद्देश्यका साथ नगरपालिकाले कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको उहाँले बताउनुभयो ।

सप्ताहव्यापी कार्यक्रमका अवसरमा नगरपालिकाले सबै वडामा गरेर ३६० जना सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण गर्ने बहुक्षेत्रीय पोषण इकाइले जानकारी दिएको छ । झोलामा एक किलो घ्यु, एक क्यारेट अण्डा, एक किलो हरियो भटमास, दुई किलो पोषिलो पिठो, नौ किसिमका गेडागुडीेको प्याकेट, ४ प्याकेट स्यानिटरी प्याड, ह्याण्ड सेनिटाइजर, सर्जिकल मास्क, टुथब्रस, टुथपेष्ट, साबुनको बट्टा, मग, क्याल्सियम चक्की रहेको छ ।

कार्यक्रममा कञ्चनरुप नगरपालिकाका पोषण कार्यक्रमकी सहजकर्ता सुशीला चौधरी, पशुपक्षी विकास शाखाका प्रमुख दिवाकान्त चौधरी, स्वास्थ्य शाखा प्रमुख रामसेवक यादव, सह–संयोजक डम्बरप्रसाद गुप्ताले गर्भवती र सुत्केरीले ध्यान दिनुपर्ने कुरा र पोषणको महत्वबारे जानकारी दिनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।