प्रदेश १ मा आज थप १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि,१४ को निधन

विराटनगर, २१ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण भएको छ । २ हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा ७३७ र १ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४१८, मोरङमा १७२, सुनसरीमा ८५, इलाममा २२, धनकुटामा १६, उदयपुरमा ९, भोजपुरमा ३, पाँचथर, ताप्लेजुङ, सोलुखुम्वु, संखुवासभा, ते¥हथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा १२२, दमकमा ६५, कनकाईमा ५६, अर्जुनधारामा ४६, मेचीनगरमा ३१, शिवसताक्षीमा २६, भद्रपुरमा २२, बुद्धशान्ति र कमल गाउँपालिकामा १२–१२, गौरादहमा ९, हल्दिबारीमा ५, बा¥हदशी र स्थानीय तह नखुलेका ४–४, गौरीगञ्जमा ३, झापा गाउँपालिकामा १, मोरङको विराटनगरमा ७२, पथरीशनिश्चरेमा ४६, उर्लाबारीमा १७, सुन्दरहरैचामा ७, बुढीगंगामा ६, लेटाङ र बेलबारीमा ४–४, रंगेलीमा ३, ग्रामथान, केराबारी, रतुवामाई, कानेपोखरी, मिक्लाजुङ र धनपालथानमा २–२, सुनबर्षीमा १, सुनसरीको धरानमा ४८, इटहरीमा २७, इनरुवामा ५, बराहक्षेत्रमा ३, भोक्राहानरसिंह र दुहवीमा १–१, इलामको इलाम नगरपालिकामा ११, माईमा ५, चुलाचुली र रोङमा ३–३, धनकुटाको धनकुटा नगरपालिकामा १२, पाख्रिबासमा २, महालक्ष्मी र शहिदभूमीमा १–१, उदयपुरको त्रियुगामा ७, चौदण्डीगढी र बेलकामा १–१, भोजपुरको अरुणमा २, पौवादुङ्मामा १, पाँचथरको हिलिहाङ, ताप्लेजुङको श्रीजंगा, सोलुखुम्वु, संखुवासभाको खाँदबारी, ते¥हथुम र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २९२ महिला र ३४१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृ त्यु भएको छ । मृ त्यु हुनेमा ८ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।