बालाजु औद्योगिक क्षेत्रभित्रको नेविको विस्कुट कारखानामा आ’गला’गी

काठमाडौँ, २३ साउन । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आ’गला’गी भएको छ ।

आज बिहान २ बजेदेखि आ’गाला’गी भए पनि अहिलेसम्म आ’गाला’गी नियन्त्रणमा आइसकेको छैन । आ’गला’गी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आ’गो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । आ’गला’गी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ । (रासस)

मकवानपुरमा नागरिकता लिने बढे राहदानी लिने घटे

वाग्मती, २३ साउन (रासस) ः मकवानपुरमा गत आर्थिक वर्ष २०७७÷७८ मा ११ हजार १३ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जसमध्ये पाँच हजार ७७ पुरुष तथा पाँच हजार ९३६ महिला छन् ।

अघिल्लो आव २०७६÷७७ को तुलनामा २०७७÷७८ मा चार हजारभन्दा बढीले वंशजको आधारमा नागरिकता प्राप्त गरेको बताइएको छ । अघिल्लो आवमा सात हजार ९१८ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेका थिए । साथै सो कार्यालयले गत आवमा नौ हजार ४०० लाई प्रतिलिपि नागरिकता जारी गरेको थियो ।

यसैगरी उक्त कार्यालयबाट गत आवमा पाँच जनालाई वैवाहिक अङ्गीकृत नागरिकता र अघिल्लो आवमा नौ जनाले अङ्गीकृत वैवाहिक नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । सो अवधिमा कार्यालयबाट १०८ नाबालक परिचयपत्र जारी भएको थियो ।

त्यसैगरी उक्त कार्यालयमा विगत तीन वर्षको अवधिमा राहदानी लिनेको सङ्ख्यामा कमी आएको छ । गत आव २०७७÷७८ मा राहदानी बनाउने साधारणतर्फ तीन हजार ७८० तथा द्रुत सिफारिसतर्फ एक हजार ९३१ रहेको जनाएको छ । राहदानी बनाउन दिएकामध्ये दुई हजार २०९ लाई राहदानी वितरण भएको छ । साथै एक हजार २५६ थान राहदानी वितरण गर्न बाँकी रहेको छ ।

आव २०७६÷७७ मा चार हजार ३७४ ले साधारणतर्फ र द्रुततर्फ दुई हजार ९५१ ले राहदानी बनाउने सिफारिस भएको थियो । यस्तै आव २०७५÷७६ मा राहदानी बनाउन पाँच हजार ९७२ को साधारण सिफारिस र पाँच हजार ९८ को द्रुत सिफारिस भएको थियो । विगत तीन आवको तुलना गर्दा जिल्लामा राहदानी बनाउनेको सङ्ख्या घट्दै गएको छ । जिल्लामा कोरोना सङ्क्रमणको कारण वैदैशिक रोजगारीमा जाने वातावरण नबनेको हुनाले राहदानी बनाउनेको सङ्ख्या कमी भएको अनुमान गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।