प्रदेश १ मा आज थप ७६५ जनामा कोरोना संक्रमण पुष्टि,१७ को निधन

विराटनगर, २३ साउन । प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

१ हजार ५ जनाको पीसीआर परीक्षणगर्दा ३१२ र १ हजार ४३४ जनाको एन्टिजेन परीक्षणगर्दा ४५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १००, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३, ते¥हथुम र उदयपुरमा २–२ जनामा संक्रमण देखिएको छ ।

मोरङको लेटाङमा ४४, केराबारीमा १८, विराटनगरमा १७, पथरीशनिश्चरेमा ९, सुन्दरहरैचा, उर्लाबारी र बेलबारीमा ३–३, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा २१, भद्रपुरमा १३, मेचीनगरमा १०, विर्तामोडमा ८, शिवसताक्षी, कमल गाउँपालिका र बुद्धशान्तिमा ७–७, अर्जुनधारामा ६, गौरादहमा ५, गौरीगञ्जमा १,स्थानीय तह नखुलेका ३, सुनसरीको धरानमा ६२, इटहरीमा ११, बराहक्षेत्रमा ३, इनरुवा र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा १२, कुम्मायक, हिलिहाङ र फालेलुङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर जोरपाटीमा ३, शहिदभूमीमा २, चौवीसे र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा ८, इलाम नगरपालिकामा ३, चुलाचुली र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४५८ जना संक्रमणमुक्त भएका छन् ।संक्रमणमुक्त हुनेमा २०५ महिला र २५३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृ त्यु भएको छ ।

 

मृ त्यु हुनेमा ७ महिला र १० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।